बारा । एकता नेपालको आयोजनामा ८ दिने महिला नेतृत्व विकास तालिम शनिबार सम्पन्न भएको छ । महिलाहरुलाई नेतृत्व विकासमा सक्षम गराउने उद्देश्यले निजगढ नगरपालिकाको कार्यपालिका सदस्य लक्षित कोषबाट एकता नेपालले उक्त तालिमको आयोजना गरेको थियो ।

विशेष गरेर दलित आदिवासी जनजाती महिलाहरुलाई लक्षित गरी सञ्चालिन गरिएको ८ दिने तालिममा संविधान प्रदत्त महिला अधिकारहरु , नेतृत्व विकास , उद्घोषण, भाषणकला , महिलाका कानुनी अधिकारहरु , घरेलु हिंसा , यौनजन्य दुरव्यवहार , सामाजिक कुरीति, स्थानिय तहका काम , कर्तव्य र अधिकार , माइन्यूट लेखन , न्यायीक समितिका काम, कर्तव्य र अधिकार , लैङ्गिक उत्तरदायित्व लगायतका विषयमा रेश्मी लामिछाने दंगालले प्रशिक्षण दिइएकी थिइन ।
उक्त तालिममा निजगढ नगरपालिका वडा नम्बर १, २ र ३ वडाका आदिवासी जनजाति महिला र दलित महिलाहरु ३३ जनाले पूरा तालीम लिएका थिए । निजगढ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गोकुलप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा तालिमका सहभागीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।
महिलाहरुलाई राज्यका हरेक निकायमा सक्षम , सबल र सशक्त बनाउनका लागि आफूहरुले नेतृत्व विकास तालिम सञ्चालन गरेको एकता नेपालका अध्यक्ष धनमाया घलानले यसअघि उदघाटनमा बताएकी थिइन । समापन कार्यक्रममा एकता नेपालकी सदस्य टिकामाया लामाको अध्यक्षतामा भएको थियो भने कार्यक्रम संचालन संस्थाकी सचीव समिता चौलागाईंले गरेकी थिईन । कार्यक्रममा समाजाका हरेक गतिविधि र सुचना सम्प्रेषणगरि समाजमा पुर्याएको योगदानलाई कदर गर्दै स्थानीय पत्रकार बसन्त लामालाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । सम्पन्न समारोहमा प्रमुख अतिथि निजगढ नगरपालिका वडा ३ का वडा अध्यक्ष गोकुलप्रसाद तिमल्सिना, निजगढ नगरपालिका कार्यपालिका सदस्य पवित्र सुनार, फुलमाया घलान, समाजसेवी संजिव लोप्चनलगायतले सम्बोधन गरेका थिए ।





















Discussion about this post