बारा । नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश कमिटी सदस्य रविराज दंगालले जनयुद्ध स्मृति पार्क भवनको आईतवार शिलान्यास गरेको छ । निजगढ नगरपालिका–१० लालमा सहिद स्तम्भ पर्खल गेट र डिभीसी सम्म र भवनको निर्माण गर्न लागीएको हो । १० वर्षे लामो माओवादी जनयुद्धकाल २०६०/६१ सालमा उक्त स्थानमा ११ जनाले ज्यान गुमाएका थिए । स्मृति निर्माण गर्ने भनेपनि लामो समय सम्म निर्माणको कार्य भएको थिएन । जनयुद्ध दिवसमा आफुले प्रतिबद्धता जनएको बमोजिम यस पटक समाजसेवि तथा युवा नेता दंगालले उक्त प्रतिबद्धता पूरा गरिएको देखिएको छ । नेकपा माओवादी केन्द्र निजगढ कमिटीलगायत पार्टीको भुमिका समेत रहेको सो योजनामा संघीय सरकार पर्यटन मन्त्रालयको १५ लाख र प्रदेश सरकार पर्यटन मन्त्रालयबाट १० लाखगरी, जम्म २५ लाखको बजेटमा सो स्मृति भवन निर्माण गर्न लागिएको प्रदेश कमिटी सदस्य दंगालले जानकारी दिए । नेता दंगालको विशेष पहलमा सो भवन तथा स्तम्भ निर्माण हुन लागीएका हुन । शिलान्यास कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर १० का वडा सदस्य कुमार मोक्तान, वडा नम्बर ८ का वडा सदस्य शालिकराम ढुंगाना,
निर्माण समिती अध्यक्ष सुर्य लामा, सचिव हिराकाजी लामालगायत स्थानीयहरु सहभागिता रहेको थियो ।





















Discussion about this post