शिक्षकहरुलाई सूचना प्रविधिसम्बन्धी ३ दिने तालिम सम्पन्न

401
SHARES
528
VIEWS

बारा । निजगढ नगरपालिकाका उपप्रमुख साेममाया थिङले सुचना प्रविधिको अधिकतम प्रयाेग गरि शैक्षिक सुधारमा अग्रसर हुनुपर्ने बताएकी छिन ।
निजगढ नगरपालिकाका विद्यालयका आइटी श्राेत शिक्षकहरुलाई दिईएकाे ३ दिने अभिमुखीकरण तालिमकाे समापन गर्दै नगरउपप्रमुख थिङले तालिममा सिकेकाे कुरा विद्यालयमा प्रयाेगमा ल्याउन आग्रह गरिन । आफुले सिकेका कुरा अरुलाई पनि सिकाउँदै ज्ञानकाे विस्तार गर्न समेत उनले सुझाव दिईन । शैक्षिक सुधारका लागि नगरपालिकाले पनि विभिन्न गतिविधि अघि बढाईरहेकाे उपप्रमुख थिङको भनाइ छ ।


विद्यालयसंग सम्बन्धित विभिन्न विषयका बारेमा जानकारी दिई विद्यालयलाइ सुचना प्रविधिमा अग्रसर बनाउने उद्देश्यले ३ दिने तालिम दिईएकाे हाे ।
निजगढ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाकाे आयाेजनामा भएको तालिममा विद्यालयमा  तयार पारिने चिठीपत्र, गुगल फर्म बनाउने नागरिक लगानी काेष, कर्मचारी सञ्चय काेष, राजस्व आदिकाे अनलाइन प्रविष्ठी गर्ने, ईमिसमा विद्यालय तथा विद्यार्थीकाे विवरण राख्ने लगायतका विषयमा अभ्यास गराईएकाे थियाे । साथै नियरपाेड, जाेईन माई क्वीज, वर्डवाल जस्ता सफ्टवेयरकाे प्रयाेग गरि सिकाईलाई सुचना प्रविधिमा जाेड्दै सिकाइ प्रभावकारी बनाउने विषयमा समेत जानकारी गराईएकि थिईन ।
तालिमकाे समापनमा बाेल्दै निजगढ नगरपालिकाका शिक्षा अधिकृत उत्तम लामिछानेले तालिममा सिकेका कुरालाई विद्यालयमा प्रयाेग गर्न आग्रह गरे । नगरपालिकाले विभिन्न समयमा विद्यालयमा आवश्यक विभिन्न तालिमहरु प्रदान गरिरहेकाे भन्दै गुणस्तरीय सिकाइका लागि सिकेको कुरालाई व्यवहारमा ल्याउँदै सिकाइमा विविधता तथा विद्यार्थीलाई रुचिपूर्ण तरिकाले सिकाउन आग्रह गरे ।
तालिमका प्रशिक्षक विवशजंग थापाले सूचना प्रविधिकाे क्षेत्र व्यापक भएको भन्दै अभ्यास र निरन्तरताले सफलता पाईने बताए । सिकेका कुरा प्रयाेगमा ल्याईरहनुपर्ने उनको भनाइ थियाे ।
समापन कार्यक्रममा सहभागीकाे तर्फबाट बाेल्दै जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक मनराज महतरा र सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयका शिक्षक टेकराज भण्डारीले  तालिम आफुहरुका लागि उपयाेगी र महत्त्वपूर्ण रहेको बताए । तालिमले काैतुहलता बढाएकाे र सिकेका कुरा विद्यालयमा प्रयाेगमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
तालिममा प्रशिक्षक राजु रेग्मी, विवशजंग थापा र रुद्र धितालले प्रशिक्षण दिएका थिए ।
तालिममा निजगढ नगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका २८ जना शिक्षक शिक्षिकाकाे सहभागीता रहेको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित