एकता नेपालद्वारा ८ दिने महिला नेतृत्व विकास तालिमको शुभराम्भ

682
SHARES
897
VIEWS

बसन्त लामा बारा । एकता नेपाल निजगढको आयोजनामा ८ दिने महिला नेतृत्व विकास तालिम शनिबार उदघाट्न भएको छ । महिलाहरुलाई नेतृत्व विकासमा सक्षम गराउने उद्देश्यले निजगढ नरगर कार्यापालिका सदस्य लक्षित कोषको आर्थिक र निजगढ कार्यापालिका सदस्य पवित्र सुनारको सहकार्यमा एकता नेपालले उक्त तालिमको आयोजना गरेको हो ।

विशेष गरेर ग्रामिण भेगका महिलाहरुलाई लक्षितगरी सञ्चालन गरिएको ८ दिने तालिममा संविधान प्रदत्त महिला अधिकारहरु , नेतृत्व विकास , उद्घोषण, भाषणकला , महिलाका कानुनी अधिकारहरु , घरेलु हिंसा , यौनजन्य दुरव्यवहार , सामाजिक कुरीति, स्थानिय तहका काम , कर्तव्य र अधिकार , माइन्यूट लेखन , न्यायीक समितिका काम, कर्तव्य र अधिकार , लैङ्गिक उत्तरदायित्व लगायतका विषयमा रेश्मी लामिछाने दंगालले तालिम दिईने भएकी छिन । उक्त तालिममा निजगढ नगरपालिका वडा नम्बर ३ वासी  दलित, आदिवासी जनजाति र विपन्नमहिलाहरु लाभान्वित हुने छन । एकता नेपालकी अध्यक्ष धनमाया घलानको अध्यक्षतामा भएको उदघटान कार्यक्रमलाई निजगढ नगरपालिका कार्यापालिका सदस्य पवित्र सुनारले व्यानर पढेर उदघटान गरेकी थिइन । त्यस्तै विशिष्ट तथा अतिथिमाहरुमा नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश कमिटी सदस्य रविराज दंगाल (प्रस्तुत) निजगढ नगर कार्यापालिका सदस्य मानबहादुर डासेली, नेकपा एकीकृत समाजवादी निजगढ नगर अध्यक्ष भिमसेन सापकोटालगायतले तालिमको बारेमा महत्वपूर्ण मनतव्य राखेका थिए । त्यस्तै एकता नेपालले तालिमका सहभागीहरुलाई प्रमाण पत्र समेत वितरण गरिने छ । महिलाहरुलाई राज्यका हरेक निकायमा सक्षम , सबल र सशक्त बनाउनका लागि आफूहरुले नेतृत्व विकास तालिम सञ्चालन गरेको एकता नेपालका अध्यक्ष धनमाया घलानले बताईन । घलानले आगामी दिनमा पनि संस्थाले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनका लागि विभिन्न सीप मुलक तालिम , नेतृत्व विकास लगायतका तालिमहरु सञ्चालन गर्ने भावी योजना रहेको बताईन । संस्थाले महिला,दलित,निम्न वर्गहरुलाई लक्षित गर्दै यस्ता खालका कार्यक्रमहरु सञ्चालन गर्दै आगाडी बढ्ने बताएकी थिईन । वडा भित्रका महिलाहरु उदघाटन कार्यक्रममा उत्साहितका साथ महिलाहरु ४१ जनाको सहभागीता रहेको थियो । कार्यक्रम संचालन भने एकता नेपालकी सचिव समिता चौलागाईले गरेकी थिइन । त्यस्तैगरि उता महिला आवाज नेपालको आयोजनामा संचालित १० दिने महिला हिंसा विरुद्धको न्युनिकरण गोष्ठी सम्पन्न भएको छ । गत हप्ता जेष्ठ ११ गतेदेखि संचालनमा रहेको उक्त गोष्ठी  नगरपालिका वडा नम्बर १ मा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित