बारा । धर्म कुनै राजनीति होइन, यो त सर्व परमात्माको ज्ञान र सिकाइको भण्डार हो । यसमा कुनै राजनीति हुँदैन, जसले सक्यो त्यो अहम्बाट मुक्त हुन्छ । यही भनाइलाई सर्वोपरी ठान्दै जेष्ठ २१, २२ र २३ गते रतनपुरको तपस्या स्थल क्षेत्रमा प्रार्थना तथा पूजा हुने भएको छ । तपस्वी रामबहादुर बम्जन (गुरु महा सम्बोधि धर्म संघ)। बुद्धबाट प्रभावित भएर त्यस्तै खाले कार्यमा समर्पित गर्ने गुरु महा सम्बोधी धर्म संघले पूजा प्रार्थनाको आयोजना गरेको हो ।
तपस्वी बम्जनले बाराको रतनपुरी र हलखोलरिया जंगलमा ६ वर्ष निराहार तपस्या बसेका थिए । त्यहाँ उनले आध्यात्मिक चेतना र ज्ञान लिए । तपस्यापश्चात् उनी मानिसलाई निष्पक्ष राख्ने र शान्ति दिलाउने अभियानमा लागेका थिए । केहि पछिल्लो समय उनी ‘बुद्ध ब्वाई’ वा ‘लिटिल बुद्ध’ को नामले परिचित भएका थिए । उनैले सुरु गरेको गुरु महासम्बोधि धर्म संघले अहिले बाराको निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरमा विश्वशान्ति महामैत्री पूजा एवं महादर्शन र अनुयायी भेटघाट कार्यक्रम सञ्चालन गरिदै छ। जेष्ठ २१ देखि सुरु हुने महादर्शन पूजा प्रार्थनामा दर्शनार्थीको उपस्थितिकोलागी बोधी श्रवण धर्म संघ मैत्रीले एक सूचना जारी गरेको छ ।
जेष्ठ २३ गतेसम्म सञ्चालन हुने महामैत्री पूजामा देशका विभिन्न स्थानबाट हजारौंको संख्यामा मैत्री धर्म गुरुका अनुयायी सहभागी हुने छन् । महा मैत्री सम्बोधी धर्म संघ बाराका इन्चार्ज राजु साहका अनुसार “विश्व शान्ति महा मैत्री पूजा प्रार्थना बोधि मार्ग दर्शन मैत्री धर्मद्वारा विश्व शान्ति तथा सर्व जगत प्राणीको उद्धारको निम्ति ३ दिने पूजा पाठ तथा प्रार्थना हुने मधेश प्रवाहलाई जानकारी दिए । साहले पूजामा सम्पूर्ण धर्म प्रेमी तथा संघ, भक्त अनुयायी हरुमा उपस्थित हुनु भई पुण्य लाभ लिनु हुनमा समेत अनुरोध गरेको छ । हरेक वर्षको ३ महिना हुने पूजा अन्तर्गत पर्ने सो महामैत्री पूजाको आयोजना गरिएको साहले बताए । यो पूजा र प्रार्थना १९ औं पटक आयोजना हुन लागिएको हो । रामबहादुर बम्जनको प्रथम तपस्या स्थल भएकोले दर्शनार्थीका लागि थप आकर्षणको गन्तव्य समेत बनेको छ । मैत्रीमार्ग धर्मका प्रवर्द्धक धर्मगुरु महासम्बोधी धर्म संघले महापूजाका क्रममा पूजापाठ प्रार्थना गरिने छ । बोधीमार्ग दर्शन मैत्री धर्मको प्रवर्द्धनका लागि पनि पूजा प्रार्थना आयोजना गरेका हुन । यस अघि धर्मगुरु महासम्बोधी तपस्वी रामबहादुर बम्जनले ६ वर्ष लामो तपस्याबाट प्राप्त शान्ति ज्ञानलाई पूजा मार्फत धर्माको प्रचार हुने उद्देश्य समेत संघको रहेको छ । पूजा र प्रार्थना गर्ने क्रममा हालसम्म देशका सबै ठाउमा एकैपटक गरिन्छ । महा मैत्री पूजा प्रार्थना यो १९ औं पटक महापूजा आयोजना गरिएको संघले जनाएको छ ।





















Discussion about this post