डिभिजन वन कार्यालयद्वारा दिगो वन व्यवस्थापन सम्बन्धि २ दिने गोष्ठी सम्पन्न

403
SHARES
530
VIEWS

बारा । डिभिजन वन कार्यालय बाराद्वारा २ दिने दिगो वन व्यवस्थापन तथा सम्बर्द्धन सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । निजगढ नगरपालिका वडा नम्बर ९ स्थित होटल राजमार्गमा उक्त कार्यक्रम भएको हो । गोष्ठीमा सामुदायिक वन उपभोक्ता र साझेदारी वन उपभोक्ताहरुलाई कार्यविधिको बारेमा जानकारी हुने उद्देश्यले सो आयोजना गरेको बारा जिल्ला डिभिजन वन कार्यालयका अधिकृत विनोद सिंहले जानकारी दिए । त्यस्तै तालिमको समापन कार्यक्रममा डिभिजन वन कार्यालय अधिकृत सिंहले सामुदायिक वन र साझेदारी वन सिकाइको प्रक्रिया भएको भन्दै आगामी पुस्ताको लागि वन संरक्षण गर्न दिगो वन व्यवस्थापनलाई व्यवाहारमा उतार्न जरुरी भएको जोड दिए । गोष्ठी तथा तालिममा मधुवन सब डिभिजन वन कार्यालयको प्रमुख संजय चौधरी र निजगढ नगरपालिकाका वन अधिकृत शाखाका प्रमुख अनिल कोइरालाले स्लाईट मार्फत प्रशिक्षण र कार्यविधिको बारेमा सम्पुर्ण जानकारी दिएको थियो । गोष्ठीमा बाराको ४१ वता सामुदायिक वनको प्रतिनिधिहरुको सहभागीता रहेको थियो । यस अघि १७ गते विहिबार निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले व्यानर पढेर उदघाटन गरेको उक्त गोष्ठी डिभिजन वन कार्यालाय बाराका अधिकृत विनोद सिंहले समापन गरेका थिए । सम्पुर्ण वन सम्बन्धि प्रतिनिधिहरुको गुनासोसहित वन अधिकृत सिंहले बैज्ञानिक वन र दिगो वनको बारेमा प्रष्ट पारेका थिए । उदघाट्न समारोहमा निजगढ नगरपालिकाको प्रमुख सुरथ पुरीको प्रमुख अतिथ्यमा भएको  कार्यक्रममा रतनपुर सब डिभिजन वन कार्यालयका अधिकृत निरज साहको अध्यक्षतामा भएको थियो । त्यस्तै कार्यक्रममा फेकोफन बाराका अध्यक्ष रामजी बजगाई, निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल, वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामा, नेकपा (माओवादी केन्द्र) का मधेस प्रदेश कमिटी सदस्य रविराज दंगाल,  फेकोफन निजगढ नगरका अध्यक्ष कुशबहादुर थापा, ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख सुमित कुशुवर निजगढ सव डिभिजन वन कार्यालयका प्रमुख रघुनाथ दासलगायतका उपस्थिती रहेको थियो ।
कार्यक्रममा वन पैदवारको दिगो व्यवस्थापन सम्बन्धमा फिल्डमा आधारित तालिमको शुक्रबार समापन गरिएको छ ।
पहिलो दिन बिहीबार वनका प्रकार, वन ऐन, वनको संरक्षण, सम्बद्र्धन, सदुपयोग, नेपालमा वन व्यवस्थापनका लागि अपनाईएको उपायहरुको बारेमा वन प्राविधिकहरुले सिकाएको थियो । त्यस्तै दोस्रो दिन शुक्रबार वन पैदवारको दिगो व्यवस्थपन कसरी गर्न सकिन्छ भन्ने विषयमा सहभागीहरुलाई फिल्डमा आधारित तालिम सञ्चालन गरिएको थियो । फिल्डमा आधिरित तालिमको क्रममा सहभागीहरुलाई वन क्षेत्रको झाडी फडानी, हागा कटछाट, बोट विरुवा पतलाउने वा एक्लाउने विधिको बारेमा प्रशिक्षक संजय चौधरीले दिएका थिए ।
तालिमको सामुदायिक वनका सदस्य, उपभोक्ताहरुलाई वन व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा सैद्धान्तिक र सीपमूलक ज्ञान प्रदान गर्ने उद्देश्य रहेका थिए ।
दुई दिनसम्म सञ्चालन गरिएको तालिममा सामुदायिक वनका ४१ वटा वनका प्रतिनिधिहरु र उपभोक्ताहरुको सहभागिता रहेको थियो । तालिमप्राप्त उपभोक्ताहरुले अन्य उपभोक्ताहरुलाई वन व्यवस्थापनको बारेमा थप सहजीकरण सुनुवाइ गर्ने एक सहभागीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित