बारा । गणतन्त्र दिवसको अवसरमा निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा वृक्षारोपण गरिएको छ ।

राजन फलफूल नर्सरी बागवानी फर्मकाे सहयाेगमा प्राप्त विभिन्न विरुवा विद्यालय परिसरमा राेपिएका हुन् । विद्यालयका प्रधानाध्यापक उमेश कुमार स्वर्णकारकाे अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ७ का जननिर्वाचित वडा अध्यक्ष टेकबहादुर लामाकाे प्रमुख आतिथि र विद्यालयका संयोजक घनश्याम लम्सालको विशिष्ट अतिथि रहेका थिए ।
नर्सरी सञ्चालक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य हरेन्द्र साह राैनियारकाे सहयोगमा प्राप्त नमस्ते धुपी सल्ला, क्राेटन, अशाेक, जाकराण्डा लगायतका बिरुवाहरु विद्यालय परिसरमा राेपिएका विद्यालयका शिक्षिका किरण श्रेष्ठले बताईकी chhin । साे अवसरमा प्रमुख अतिथि वडा अध्यक्ष लामाले गणतन्त्र दिवसकाे अवसरमा वृक्षरोपण गरि विद्यालयले पर्यावरण संरक्षणकाे सन्देश दिएकाे बताएका thie ।
विद्यालयका प्रधानाध्यापक स्वर्णकारले विद्यालयमा वृक्षारोपणका लागि निःशुल्क बिरुवा उपलब्ध गराइ सहयाेग गरेकोमा नर्सरी सञ्चालक राैनियारलाई धन्यवाद दिँदै सबै अभिभावक, शिक्षक र विद्यार्थीकाे सहयोगमा विद्यालय राम्रो बन्ने बताए ।

वृक्षाराेपण कार्यक्रममा विव्यस सदस्य नारायण सापकाेटा, रिना याेञ्जन, तारा रुम्बा, बाल क्लबका सचिव सुमन राैनियार, सदस्य आदित्य राैनियार, सागर सर्राफ प्रतीक भण्डारी, शिवानी राैनियार अभिभावक, विद्यार्थी लगायतको सहभागिता रहेकाे थियाे ।





















Discussion about this post