बारा । बाराको मेचीमहाकाली बुहारी संयुक्त आवाजले निजगढमा बुद्ध जयन्तीका दिन शान्तिको संदेशकालागी पद यात्रीहरुलाई खानेपानी र विस्कुट वितरण गरेको छ ।
२५६८ औं बुद्ध जयन्तीको अवसरमा निजगढभरी छरिएर रहेको सबै गुम्बाहरुले संयुक्तरुपमा बुद्ध जयन्ती मनाएको यो इतिहास मै पहिलो हो । शान्ति र्याली निजगढको बुद्ध चोक देखि भमरा खोला पुगेर पुन: बुद्ध चोकमा आई विश्व शान्तिको कामनागरि समापन भएको थियो ।
निजगढ नगरभरीको गुम्बाहरु मिलेर संयुक्तरुपमा बुद्ध जयन्तीको आयोजनाकालागी एक समिति निर्माण तथा गठन गरेका थिए । समितीको समायोजकमा निजगढ ८ निवासी पेमाघ्याम्छो लामा चुनेका थिए । यस विषयमा पेमाघ्यम्छो लामा “विगतका वर्षरुमा निजगढका सबै गुम्बाहरुले आआफ्नो तरिकाले आआफ्नो गुम्बामा मनाउने गरेका थिए । तर यो वर्ष नेपाल तामाङ्ग घेदुङ लगायतले संयुक्तरूपमा मनाएको बताए ।” सो आयोजनामा गौरीशंकर माद्यामिक विद्यालय, नेपाल तेक्वान्दो निजगढ र मेचिमहाकाली बुहारी संयुक्त आवाजलगायतले विभिन्न संघ/संस्थाहरुले साथ र सहयोग गरेको बताए । आम निजगढ गुम्बा समितिले चिसो मोहि, बिस्कुट चाउचाउलगायतका सामाग्रीहरु वितरण समेत गरेका थिए । विश्वभरका बोधी मार्गी बौद्ध धर्मावलम्बीहरुले २५६८औं बुद्ध जयन्ती मनाउँने गरेका छन् । विश्वभर शान्तिका अग्रदूतका रूपमा परिचित बुद्धको पूजा, आराधना एवम् प्रवचन गरी जयन्ती मनाउने प्रचलन छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।
‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो,’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८औँ जयन्ती शान्तिको कामना गर्दै बिहिबार देशभर मनाउन लागिएको छ ।
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन नेपाल सरकारले आह्वान गरेको थियो ।
यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा परम्परागत विविध कार्यक्रमको आयोजना गरी बुद्ध जयन्ती मनाए छ ।
इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।





















Discussion about this post