निजगढ/काठमाडौ जोड्ने द्रुतमार्गको धेद्रे सुरुङमार्ग छिचोलियो

399
SHARES
525
VIEWS

बारा । बाराको निजगढ जोड्ने द्रुतमार्ग सडक आयोजनाअन्तर्गत धेद्रे सुरुङमार्ग छिचोलिएको छ । मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन एक हजार ६ सय ५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाण्डौतर्फ आउने सुरुङमार्ग शुक्रबार  छिचोलिएको हो ।
धेद्रे सुरुङमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाण्डौ–तराई/मधेस द्रुतमार्ग  सडक आयोजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको छ । यसअघि गएको जेठ ४ गते एक हजार ४ सय ३० मिटर दूरीको लेनडाँडा सुरुङमार्ग पनि छिचोलिएको थियो । यो निजगढबाट काठमाण्डौतर्फ जाने सुरुङमार्ग हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित