निजगढमा जेष्ठ २५ र २६ गते दोस्रो मधेश प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने

450
SHARES
592
VIEWS

उमेश घलान/बारा । बाराको निजगढ नगरपालिकाको बैंक्युइट हलमा जेष्ठ २५ गते देखि दोस्रो मधेस प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । प्रतियोगिता निजगढ ९ जनज्योति डोजङ्ग तेक्वान्दो क्लबले आयोजना गरेको हो । जनज्योति डोजङ्गले जेष्ठ २५ र २६ गते उक्त प्रतियोगिता संचालन गरिने भएको छ ।
त्यस्तैगरी दोस्रो मधेस प्रदेश प्रदेशस्तरिय प्रतियोगिताको  तयारी भने लगभग पूरा भएको प्रतियोगिता समितिका सदस्य इश्वर सापकोटाले जानकारी दिएको छ । प्रतियोगितामा पुरुषतर्फ ११ खेल वजन, महिलातर्फ ६ खेल वजन समूह गरी जम्मा १७ खेल वजन समूहमा मधेश प्रदेशभरीका २ सय भन्दा बढि खेलाडीहरुको सहभागी हुने सापकोटाले बताएका छन । प्रतियोगितामा १९ स्वर्ण १९ रजत र ३८ काश्यगरि ७६ वटा पदकका लागि प्रतिष्पर्धा हुने छन । त्यस्तै उत्कृष्ट खेलाडी महिला र पुरुष दुवैलाई मायाको चिनो र सम्मान पत्रले सम्मान गर्ने प्रतियोगिताका समितिको सदस्य  सापकोटाले मधेश प्रवाहलाई जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित