बारा । खडेरीका कारण पानीको मुहान सुक्न थालेपछि मधेशका जिल्लाहरु र पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रका वन्यजन्तु समस्यामा परेका छन् । मधेस क्षेत्रमा खडेरीका कारण पानी सुक्ने समस्या वर्षौदेखीको हो । निकुञ्ज, मध्यवर्ती र सामुदायिक क्षेत्रमा रहेका तालतलैयामा पानीको सतह घट्दै गएपछि वन्यजन्तुलाई समस्या भएको छ । भने चापकलमा पानी आउन समेत छोडेको छ । प्राकृतिक तालतलैया सामुदायिक वन र निकुञ्जले बनाएका कृत्रिम तालसहित सिमसार क्षेत्र, नदी, खोलामा गत वर्षको तुलनामा पानीको सतह घटेको छ । लामो समयसम्म पानी नपरेकाले पानीको सतह घटेको हो । चर्को घामले वास्पिकरण भएर जाने तर पानी नपर्ने हुँदा तालतलैयाको पानीको सतह घटेका हुन । विगतका वर्षमा भन्दा यसवर्ष पानीको सतह घटेको अनुमान छ । यस वर्ष हिउँदमा कम पानी परेकाले यस्तो समस्या आएपछि यहाँका वन्यजन्तु र मानिसका जनजीवन प्रत्यक्ष प्रभावमा परेका छन् । दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा गर्मीयाममा तालतलैयामा आहाल खेल्न रुचाउँछ । अन्य वन्यजन्तुलाई पानी अत्यावश्यक हुन्छ तर यहाँका पुराना ताल र सिमसार क्षेत्रमा सोहीअनुसार व्यवस्थापनका काम हुने गरेका छैनन् । बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी लगायतको उत्तरी क्षेत्रमा पानीको स्रोत जोगाउन कृतिम पोखरीकोलागि बजेट अभावका कारण तालतलैयाको माटो, गेग्रानलगायत पानीका मुहानमा सरसफाइ र व्यवस्थापनको काम गर्न समस्या भएको छ । सो स्थानमा पर्याप्त बजेट नहुँदा नयाँ पोखरी खन्ने र पुरानाको सरसफाइ र मर्मत गर्ने काम हुन नसकेकाले वन्यजन्तु मानव बस्तीमा प्रवेशगरी मानव—वन्यजन्तु द्वन्द्व बढ्ने जोखिम रहेको छ । त्यस्तैगरी गत महिनामा पानी खाना नपाएका कारण पोथी हरिण मृत अवस्थामा रौतहटको राष्ट्रिय वन क्षेत्रमा भेटिएका थिए भने यहि १० गते बिहिबार बाराको निजगढ नगरपालिका वडा नम्बर १३ मा अर्ना भैंसी पानी खोज्दै गाउँ पसेको घटना समेत बहिरीएको थियो ।





















Discussion about this post