बारा । बाराको निजगढ नगरपलिका वडा नम्बर ९ स्थित आदर्श सदावहार सामुदायिक वन उपभोक्ता समूह क्षेत्र मिचेर अवैध रुपमा अलकत्रा बनाउने प्लान्ट संचालनमा रहेको छ । निजगढ नगरपालिकाको आटमा सो प्लान्ट संचालनमा रहेको पाईको छ । सामुदायिक वन उपभोक्ता समूहले तत्काल उक्त प्लान्ट हटाउनका लागी पत्रचार समेत गरेपनि अटेरगरि संचालन भईरहेकोे छ । वन समूहका अध्यक्ष रामप्रसाद पाण्डेको अगुवाइमा जनप्रतिनिधि, वन कर्मचारीसहित कारखानामा पुगेका समूहका पदाधिकारीले गत हप्ता बिहीवार एक साताभित्र प्लान्ट हटाउन लिखित रुपमा जानकारी गराएका थिए । “वन समूहका अध्यक्ष पाण्डेले उद्योगका कर्मचारीलाई सो पत्र बुझाउएका हुन । समूहको तर्फबाट बुझाइएको पत्रमा भनिएको छ ‘७ दिनभित्र हटाइएन भने ८ औं दिनमा उपभोक्ताहरुले प्लान्टसम्म पुग्ने सडक अवरुद्ध पर्ने र उद्योग संचालनमा रोक लगाइने छ ।’ पत्र बुझाउने क्रममा निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटवाल, वडा सदस्य बबिता श्रेष्ठ, डिभिजन वन कार्यालय निजगढका रेञ्जर निरज पोखरेलसहितको टोली कारखानामा पुगेको थिए । विगत ६ महिनादेखि अवैध रुपमा संचालनमा रहेको सो प्लान्ट हटाउने बारेमा सरोकारवाला निकायले चासो नदेखाएपछि आफूहरुले नै पहल शुरु गरेको समुहका अध्यक्ष पाण्डेले बताए । आफूहरुलाई कुनै जानकारी नै नदिइ संचालनमा ल्याइएको सो प्लान्ट हटाउनेतर्फ वन कार्यालय र निजगढ नगरपालिका कार्यालयले पनि चासो नदेखाएको उपभोक्ताहरुको गुनासो छ । प्लान्ट हटाउने बारेमा वन समूहले पछिल्लो पटक गत चैत्र ११ गते वन कार्यालय र स्थानीय तहको कार्यालयहरुमा पत्र पठाएर वन ऐन, सामुदायिक वन नियमावली अनुसार कारबाहीको लागि पत्राचार गरेको थियो । तर कसैले पनि चासो नदेखाएपछि उद्योग हटाउने कार्यमा वन समूहका पदाधिकारी र उपभोक्ताहरु आफै सक्रिय भएका थिए । अवैध रुपमा संचालनमा रहेको उद्योगको बारेमा आईरहदा सबैमा सरोकारवाला निकायको चासो बढेको छ । सो क्षेत्रमा रञ्जन निर्माण सेवा विरगंंज ४ वर्षदेखि वन ऐन र कानुनको बर्खिलाभ हुनेगरी प्लान्ट संचालनमा गर्दै आएको छ । पुर्वपश्चिमा राजमार्ग बाराको निजगढ खण्डको भमरा पुलको पुर्व तर्फा रञ्जन निर्माण सेवाले स्थानीयतह निजगढ नगरपालिकाको आँटमा विन अनुमाति अलकात्रा प्लान्ट संचालन गरिरहेको छ । यसअघि निजगढ नजगरपालिका क्षेत्रका सडकहरुमा सडक कालेपात्रे गर्दा सडक पिच गुणस्तरीय हुने भन्दै निजगढका केहि जनप्रतिनिधीहरुले आदर्श सामुदायिक वन क्षेत्रका खाली चौरमा प्लान्ट संचालन गर्न दिएका थिए । विडम्वना यो छ की प्लान्ट संचालनमा सामुदायिक वन र वन कार्यालयलाई कुनै पनि सुचना वा जानकारी छैन । नगरपालिकाले विन जानकारी नै आफु खुशि उद्योग संचालन गर्न लगाएको थिए । सामुदायिक वन क्षेत्र मिचेर बनाएको प्लान्ट कोल्हवी, रौतहट र विरगंजलगायत भिविन्न स्थानमा पिच गर्न लैजाने गरेको छ । वन समूहका अध्यक्ष पाण्डेले उद्योगका कर्मचारीलाई सो पत्र बुझाउएको र ‘७ दिनभित्र हटाइएन भने ८ औं दिनमा उपभोक्ताहरुले प्लान्टसम्म पुग्ने सडक अवरुद्ध पर्ने र उद्योग संचालनमा रोक लगाइने छ बताएको छ ।’ ’यस वन समुहको क्षेत्र भित्र सञ्चालन हुदै आईर अलकत्रा प्लान्ट हटाउन पटक–पटक मौखित तथा लिखित पत्राचार गरेपनि अटेर गरेको देखिएकोले कारवाही प्रकृया अदि बढाईने बताएको छ ।” वन ऐनमा स्पष्ट लेखिएको छ संघिय वन ऐन, २०७६ को परिच्छेद २ दफा (३) (१) मा राष्ट्रिय वन क्षेत्रको भू–स्वामिकत्व नेपाल सरकारमा रहने, नेपाल सरकार मन्त्री परिषदको निर्णय बिना राष्ट्रिय वन क्षेत्रको क्षेत्र भोगाधिकार गर्न नपाईने भनी स्पष्ट वन ऐनमा उल्लेख छ ।





















Discussion about this post