बसन्त लामा/रौतहट । भन्सार छली ल्याउँदै गरेको मोटरसाइकल को स्पेयर पार्टसहरु रौतहट प्रहरीले गौरबाट बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले गौर नगरपालिका वडा नम्बर ५ स्थित विभिन्न सवारी साधन तथा पैदल यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली ल्याउँदै गरेका मोटरसाईकलको स्पेयर पार्टसहरु लगायतका सामान बरामद गरेको हो ।
१ लाख ७० हजार २ सय ६१ मुल्य बराबरको मोटरसाइकलको स्पेयर पार्टस लगायतका -सामानहरु सहित स्थानियको रोहवरमा आवश्यक कारवाहीकोलागी गौर भन्सार कार्यालय रौतहटमा बुझाएको सूचना अधिकारी एवम डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन ।





















Discussion about this post