चुरे तथा वनजङ्गल संरक्षण अभियानको निजगढमा कोण सभा

385
SHARES
507
VIEWS

निजगढ/बारा । चुरे तथा वनजङ्गल संरक्षण अभियानले आइतवार निजगढको शहिद चोकमा कोण सभाको आयोजना गरेको छ। चुरे क्षेत्रमा प्राकृतिक स्रोतको
दोहन रोक्नुपर्ने माग राख्दै शुरु गरिएको चुरे संरक्षण पदयात्राका सहभागीहरुले निजगढको शहिद चोकमा छोटो कार्यक्रमसहित कोणसभा गरेका हुन । सभामा बोल्दै अभियानका संयोजक सुनिल यादवले तस्करहरुसंग मिलेर वन विनास गर्ने कर्मचारीहरुमाथि कारबाही गरिनुपर्ने बताएको छ । उनले १०/१५ वर्षदेखि एउटै जिल्लामा बसेर अनियमितता गर्ने कर्मचारीहरुको सरुवा गरिनुपर्ने पनि बताएको छ ।
चुरे क्षेत्रको संरक्षणलगायत विभिन्न ११ बुँदे मागअघि सारेर वैशाख १६ गते सप्तरीको भारदहबाट काठमाण्डौंसम्मको लागि पदयात्रामा निस्केका २५ जनाको टोली आइतवार निजगढबाट पश्चिमतर्फ प्रस्थान गरेको छ। शनिवार साँझ निजगढ आइपुगेको सो टोली निजगढ ७ स्थित जनज्योति सामुदायिक वन समूहको भवनमा बसेका थिए । पदयात्रा निजगढ, पथलैया, चितवन हुँदै काठमाडौँ पुगेर संरक्षणको लागि दावाव दिने उद्देश्यले प्रमुख दलको पार्टी कार्यालयमा धर्ना दिने कार्यक्रम रहको बताएको छ । अभियानले चुरे क्षेत्रको अतिक्रमित जग्गा खाली गराएर वन क्षेत्र कायम गरिनुपर्ने, सङ्घीय सरकारले ल्याइएको ढुङ्गा, गिट्टी र बालुवा निकासी गर्ने विधेयक तत्काल खारेज गर्नुपर्ने, भूमि आयोग गठन गरी भूमिहीन तथा अव्यवस्थित
बसोवासीहरुका लागि भूमिको व्यवस्था गर्नुपर्ने तथा मधेस प्रदेश वन प्रशासनलाई प्रभावकारी काम गर्ने गरी योग्य बनाउनुपर्ने माग राखेको छ । त्यसैगरी, मधेश प्रदेशको सप्तरीदेखि पर्सा जिल्लामा पर्ने नदीनाला प्रदूषण, अतिक्रमण र अवैध उत्खननमुक्त बनाउनुपर्ने, ओमप्रकाश महतो भन्ने दिलीप महतोलाई पर्यावरण सहिद घोषणा गरी घरका सदस्यलाई रोजगार दिनुपर्ने, विभिन्न परियोजना तथा विकासका नाममा चुरे तथा वनजङ्गल मास्ने कार्य बन्द गरिनुपर्ने, मधेस प्रदेश वन तथा वातावरण मन्त्रालयको विभिन्न योजनामा भएको भ्रष्टाचारको छानबिन गर्न पनि अभियानले माग समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित