टेकराज भण्डारी/बारा । मातातीर्थ औँसी तथा आमाको मुख हेर्ने दिनको अवसरमा विभिन्न कार्यक्रम भईरहँदा सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय निजगढ ७ मा गुरुआमालाई सम्मान गरिएको छ । विद्यालयमा अध्ययनरत छात्रा विद्यार्थीको अगुवाईमा विद्यालयमा कार्यरत शिक्षिकाहरुलाई मिठाईँ लगायतका खानेकुरा प्रदान गर्दै आमाको मुख हेर्ने दिन मनाईएको हो । विद्यालयमा अध्ययनरत छात्रा संगीता साह लगायतका विद्यार्थीहरुले मिठाईँ लगायतका खानेकुरा विद्यालयका शिक्षिका गुरुआमालाई खुवाएका थिए ।
सो अवसरमा आफ्नो कुरा राख्दै विद्यालयका प्रधानाध्यापक उमेश कुमार स्वर्णकारले नारीका विभिन्न स्वरुप मध्ये आमा एउटा रुप भएको र गुरुआमा शिक्षिका पनि शिक्षा दिने आमा भएकाले विद्यार्थीले सम्मान गर्नु ज्यादै श्रहानीय काम भएको बताए । विद्यालय शिक्षा दिने वा पढाउने ठाउँ मात्रै नभई संस्कार प्रदान गर्ने थलो समेत भएको भन्दै आमा, गुरुआमालाई सधैँ सम्मान गर्नुपर्ने बताएका छन । यस कार्यक्रमबाट एउटा राम्रो संस्कारको समेत सुरुवात भएको प्रधानाध्यापक स्वर्णकारको भनाई छ । यस्ता कार्यक्रमबाट संस्कारको पुस्तान्तरण हुने समेत उनको विश्वास छ । आफ्नो विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलापबाट पनि विद्यार्थीको प्रतिभा प्रस्फुटनका साथै संस्कार र संस्कृतिको जर्गेना गर्ने कार्य गरीरहेको उनले बताएका थिए ।
मातातीर्थ औँसीको अवसरमा विद्यार्थीबाट सम्मान तथा खानेकुरा पाउँदा आफुलाई निकै खुसी लागेको विद्यालयकी शिक्षिका किरण श्रेष्ठको भनाई छ । आफुले आफ्नो छोराछोरी झैँ ठानेर सिकाउने गरेका र विद्यार्थीले पनि माताजस्तै ठानेर सम्मान गरेकोमा गौरब लागेको शिक्षिका श्रेष्ठको भनाई छ । विद्यालयका शिक्षिका अम्बिका घिमिरे, कल्पना आचार्य, सबिता पाण्डे, निशा लामा, सरु थापा, पञ्चमाया तामाङ लगायतलाई खानेकुरा प्रदान गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, शिक्षिकाको सहभागिता रहेको थियो ।





















Discussion about this post