टेकराज भण्डारी/बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा बाल क्लब गठन गरिएको छ । कक्षा ८ मा अध्ययनरत प्रथम विद्यार्थी अफ्रोज खानको अध्यक्षतामा भएको विद्यार्थीहरुको भेलाले खानकै अध्यक्षतामा १५ सदस्यीय विद्यालय स्तरीय बाल क्लब गठन गरेको हो ।
क्लबको उपाध्यक्षमा काजल महोत, सचिवमा सुमन रौनियार, सहसचिवमा शुभम् सापकोटा तथा कोषाध्यक्षमा आशिका सुनार चयन भएको छ ।
विद्यालयका प्रधानाध्यापक उमेश कुमार स्वर्णकार प्रमुख अतिथि रहेको कार्यक्रममा विद्यार्थीहरुलाई बाल क्लब, क्लब गठन गर्नुको उद्देश्य, क्लबले गर्नसक्ने कामहरु लगायतको विषयमा जानकारी गराईएको थियो ।
विद्यालयका प्रधानाध्यापक स्वर्णकारले बाल क्लब बालबालिकाको प्रतिभा तथा व्यक्तित्व विकास गर्ने सुनौलो अवसर भएको भन्दै यसबाट अघि बढ्न सुझाव दिएका थिए । बाल अधिकारको बारेमा सचेत हुँदै कर्तव्यको बारेमा पनि जिम्मेवार हुनुपर्ने उनको भनाई छ । विद्यालयमा शैक्षिक सुधारदेखि हरेक क्षेत्रमा सुधार गर्दै लगिरहेको भन्दै प्रधानाध्यापक स्वर्णकारले गुणस्तरीय सिकाइ, अतिरिक्त क्रियाकलाप तथा बालबालिकाको प्रतिभा प्रष्फुटनका लागि विद्यालय सधैँ अग्रसर रहेकोमा जोड दिए । विद्यालयले बार्षिक शैक्षिक कार्यपात्रो निर्माण गरिसकेको भन्दै नियमित अतिरिक्त क्रियाकलाप गर्ने बताएका छन ।
बाल क्लबको सदस्यहरुमा आदित्य रौनियार, अग्रज श्रेष्ठ, सागर स्वर्णकार, रोशन साह, युनि जिम्बा, श्रृष्टि राई, प्रतिक भण्डारी, हिमानी चौलागाईँ, किरण कुमारी जैसवाल र दिपिका केसी रहनु भएको छ ।
बाल क्लब गठन कार्यक्रममा विद्यालयका शिक्षकहरु हरिशण सुवेदी, किरण श्रेष्ठ, अम्बिका घिमिरे, कल्पना आचार्य, रुपेश भट्टराई, निशा लामा, सुरेन्द्र सुवेदी, दुर्गा बजगाई लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजकिरण शिक्षक टेकराज भण्डारीले गरेका थिए ।





















Discussion about this post