धनसार खोला पक्की सिँचाइ निर्माण अन्तिम चरणमा

417
SHARES
549
VIEWS

बसन्त लामा/सिंगौल । बाराको निजगढ नगरपालिका वडा नम्बर ३ पिपलटार धनसार सिचाई पकी कुलो निर्माण कार्यको ९०प्रतिसत कार्य सम्पन्न भएकोछ ।
चालुआर्थिक बर्ष २०८०/०८१ को मधेश प्रदेश सरकारको बार्षिक बजेटबाट धनसार सिचाईको पक्कीकुलो निर्माण सुरु गरेको थियो ।
निर्माण सुरु गरिएको पक्की कुलो ८० लाखमा ३ सय मिटरको पक्की सिचाई कुलो निर्माणमा कार्यसम्पन्न गर्न केहि मात्रमा बिनियिजित बजेटले कार्यसम्पन्न नहुने भएकोले केहि थप बजेट निकासा गर्ने भएकोछ ।
सोहि बजेटबाट पक्की सिचाई कुलोको साथै व्यवस्थित पक्की बाँध समेत को कार्य भैरहेको छ ।
सिंगौलमा धनसार सिचाई कुलोमा पक्की कुलो र व्यवस्थित बाँध नहुदा बर्षौ देखि सिंगौलको स्थानीयले चर्को समस्या झेल्दै आइरहेको थियो ।
सोहि समस्या हल गर्ने उदेश्यका साथ वडा नम्बर ३ को वडा अध्यक्ष गोकुल प्रसाद तिमल्सिना र एमाले पार्टी जिल्ला सदस्य तथा युवा संघकी सदस्य दिपिका साह र पार्टी प्रदेश कमिटी सदस्य सुकराम जिम्बाको आग्रहमा केहि समय पहिले मधेश प्रदेश मुख्यमन्त्री सरोज कुमार यादव ले सो स्थानमा अवलोकन गरेका थिए ।
मुख्यमन्त्रीको अवलोकन पछी विनियोजित बजेटबाट हाल धनसार सिचाईमा पक्की कुलो र व्यवस्थित बाँध निर्माण भैरहेका छन ।
त्यस्तै सिचाईको पक्की कुलो र बाँध सगै पिपलटारको खेति योग्य जमिन बर्षेनी धनसार खोलाले कटान गर्दै बस्ती नै जोखिम पर्ने भएकोले पिपलटारको बस्ती जोगाउने उदेश्यले मधेश प्रदेश कै २० लाखको बजेटबाट च्यानालाइट ड्यामको निर्माण कार्यसम्पन भएको धनसार खोला तटबन्धन उपभोक्ता समितिको अध्यक्ष टुलकु लामा दोङले बताएको छ ।
सिचाई बाधको निर्माणकार्य सम्पन्न पछी सोहि स्थानमा प्रदेशकै आर्थिकमा पिपलटारको धनसार खोलाले कटान गरेको भूभागमा सरक्षण गर्ने उदेश्यले वृक्षरोपन समेत गरिने भएको सुकराम जिम्बाले बताए ।
हाल सिगौलमा मधेश प्रदेशको आर्थिकबाट बिकासको पूर्वाधार अगाडी बढ्नुमा वडा अध्यक्ष गोकुल प्रसाद तिमल्सिना सुकराम जिम्बा निजगढ नगरपालिका को वडा नम्बर १० लाल निवासी दिपिका साहको मुख्य भुमिका रहेकोछ ।
पक्की सिचाई कुलो र व्यवस्थित बाँधको निर्माण कार्य सम्पन्न पछी सिंगौलको स्थानीय ले बर्षौ देखि झेल्दै आइरहेको बाँधको समस्या अन्त्य हुने भएकोछ ।
त्यस्तै सिगौल वडा नम्बर ३ कै प्रदेशको विनियोजित वजेट बाट २५० मिटर आर सी सी नालाको निर्माण कार्यपनि अन्तिम अन्तिम चरण पुगेको छ ।
आर सी सी नालानिर्माण गर्नको लागि प्रदेश सरकारले ३० लाख विनियोजन गरेको जिम्बाले बताएकोकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित