एन्फा एकेडेमीकालागि निजगढबाट ३ जना छनोट

425
SHARES
559
VIEWS

बारा । अखिल नेपाल फुटवल संघ एन्फाको यु १३ उमेर समुहको एकेडेमीका लागी बाराको निजगढवाट ३ जना खेलाडीहरु छनोट भएकाछन । बाराबाट छनोट भएका तिनै जना निजगढका हुन । एन्फाले संचालन गरेको खुल्ला छनोट मार्फत पुरुषतर्फ बिकल रेग्मी र महिला तर्फ दिपिका चौधरी र सिम्रन थापा मगर छनोट भएका हुन । एन्फा एकेडेमीका लागि छनोट भएका मध्ये विकल रेग्मी र दिपिका चौधरी निजगढ फुटबल क्लवका उत्पादन हुन । खेलाडी उत्पादनमा जोड दिदै क्लबले निरन्तर रुपमा संचालन गरेको ग्रासरुट प्रशिक्षणको कारण निजगढबाट विभिन्न उमेर समूह र राष्ट्रिय फुटबल टिममा निरन्तर रुपमा निजगढका खेलाडीहरुले स्थान बनाईरहेको निजगढ फुटबल क्लबका प्रशिक्षक सन्तोष गुरुङले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित