सामाजिक अभियन्ता अजय कुमरको नेतृत्वमा निजगढ-१३ का अग्नि पिडितलाई खाध्यन्न सहयोग

401
SHARES
527
VIEWS

बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर ८ निवासी अजय कुमरको नेतृत्वमा अग्नि पिडितलाई खाध्यन्न सहयोग गरेको छ । निजगढ १३ पानीसरा स्थित अग्नि पीडित कुमारी माया गोले र हर्कबहादुर प्रजालाई सो राहत सामग्री सहयोग गरेको हो । राहत सामग्री २ अग्नि पिडित परिवारलाई १/१ बोरा चामल, ५/५ किलो आलु, ३/३ किलो नुन, ५/५ किलो दाल, २/२ प्याकेट मस्यौरा र २/२ लिटर खाने तेल ३/३ किलो चिउरालगायत खाध्यन्न सामग्री २ परिवारलाई वितरण गरेको हो । सामाजिक अभियान्ता अजय कुमर नेतृत्वको टोलि अग्नि पिडितको घरमा पुगेर उक्त सामग्री वितरण गरिएको हो । गत बैशाख ८ शनिबार दिउँसो घरमा कोहि नभएको समयमा वनबाट सल्केको आगोले कुमारीमाया गोलेको घर पुरै नष्ट भएको थियो । दिन ३ बजेबाट सुरु भएको वन ढडेलोले उग्ररूप लिए पछि ढडेको गाउँमा सल्केको थियो । घरमा आगलागी हुदा घरको सबै परिवार वहिरा रहेकाले घरको कुनै पनि सामग्री जयजेथा, लत्ताकपडा, भाँडा कुडा अन्नबाली सबै आगोमा परेको पिडितले जनाएको छ । पीडितलाई यश अघि पनि विभिन्न संघ/संस्थाले सहयोग गरिसकेको छ । भने हर्कबहादुर प्रजाको भरखरै मंगलबार १८ गतेका दिन घरमा आगलागी भएको थियो । आगलागीमा घरको सबै सामग्री जलेर नष्ट भएको पिडितले जनाएको छ । प्रजाको घर क्षतिको विवरण भने रतनपुरी आस्थायी पोस्ट रतनपुर प्रहरीले मुजुल्क उठाएको छ । प्रहरीको प्रतिवेदनमा भने प्रजाको ५ लाख बराबरको सम्पत्ति जलेर नष्ट ब्बएको प्रहरीले जनाएको छ । उक्त सामग्री वितरणमा निजगढ १३ का वडा अध्यक्ष सुर्य घलान, अजय कुमर, निजगढ निवासी केदार खरेल, नवराज अधिकारी, कुलबहादुर गुरुङ, स्थानीय युवा रोशन पाख्रीन, जाय स्याङतान, खुशिलाल लामालगायतको सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित