लायन्स क्लब अफ निजगढको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

400
SHARES
526
VIEWS

बारा/रतनपुर । लायन्स क्लब अफ निजगढ, लायन्स क्लब अफ निजगढ पिस, लायन्स क्लब अफ निजगढ सिटी, लायन्स क्लब अफ युथ निजगढ र माकुरा नेपालको संयुक्तमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुधबार रतनपुरको हनुमान चोकमा भएको सो आयोजनामा ७ महिला सहित २९ जनाले रक्तदान गरेको हो ।
क्लबका पदाधिकारीहरु, सामाजिक अभियान्ता, राजनीति दल  र स्थानीय जनप्रतिनिधिहरु लगायतले रक्तदान गरेका थिए । क्लबले सामाजिक क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आइरेहेको र  बढ्दो सवारी दुर्घटनाका कारण देशभर रगत अभाव भइरहेको विभिन्न संजालहरुमा आईरहेको बेला बुधबार रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । यस्तै क्लबले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भन्ने उद्देश्यका कारण पनि रक्तदान कार्यक्रम गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित