खडेरीका कारण सिङ्गौलमा पानीका मुहान सुक्दा खाने पानीको हाहाकार

400
SHARES
526
VIEWS

बसन्त लामा/सिङ्गौल । बाराको निजगढ नगरपालिकाको पूर्वी सिङ्गौल क्षेत्रसहित निजगढ आसपासमा खोला तथा  खानेपानीका मुहान सुक्न थालेपछि पिउने र सिचाई गर्ने पानीको हाहाकार हुन थालेको छ ।
निजगढ नगरपालिका वडा नम्बर २ र ३ सिङ्गौलसहित रतनपुर क्षेत्रका वडा नम्बर  रतनपुर वडा नम्बर १२ कोलगाउल र वडा नम्बर १३ लगायत माथिल्लो क्षेत्रमा दैनिक सधै बगिरहने खोल्सा र पोखरी पनी सुक्न थालेको स्थानियले बताएका छन् ।
खानेपानीको मुहाननै सुकेपछि यस क्षेत्रका स्थानिय घण्टौँ लगाएर खोला र सुक्न बाँकि रहेका मुहानबाट खानेपानी ल्याउन बाध्य भएका छन् भने पानीको अभावमा जिल्लाकै मुख्य नगदे बालि खाध्यन्न बाली पनि सुक्न थालेको स्थानियले बताएको छ । लामो समयसम्म खडेरी परेकोले खोलाको मुहान सुक्दै गएर खानेपानीको चर्को चर्को अभाव हुन थालिएको छ । त्यस्तै
खोलामा संचालनमा रहेको डिपवोरिङबाट समेत कममात्रामा पानी आउन थालेपछि स्थानीयमा खानेपानिको हाहाकार बढेको हो । त्यस्तै खानेपानीको समस्या झेलीरहेको अबस्थामा मंगलबार सिगौल खानेपानि तथा सरसफाई उपभोक्ता समितीको खानेपानीको पाईप डढेलाले खाएको छ । वन डढेलोले झन समस्य माथी समस्या थप गरेको छ । खानेपानीको पाईप डढेलोले जलेपछी
सन्चालन रहेको डिपवोरीङले मात्र सिगौल वडा नम्बर २ र ३ को स्थानीयलाई खानेपानीको प्रयाप्त रुपले नपुग्ने भएको छ । खानेपानी आपूर्तिकालागी  बकैया गाउँपालिका वडा नम्बर २ थाकलाचौरबाट बग्ने बगरखोलाको पानीलाई मिसाएर वितरण गर्न सुरु गरिएको छ । बगरखोलाको पानी ल्याउदै गरेको खानेपानीको पाईपमा वनमा लागेको डढ़ेलोले पाईप डढेपछी खानेपानीमा मंगलबारबाट समस्यको थप भएको छ । सिगौलमा अन्य बिकासको कार्यले गतिलिए पनि हालसम्म सोच्छ खानेपानीको समस्या प्रति भने खासै प्रगति भएको देखिदैन ।
खानेपानीको मात्र होइन चैत्र बैशाखा महिना लागेपछि बर्षेनी सिगौल वडा नम्बर १, २ र ३ मा सिचाई गर्ने पानीमा समेत समस्या छ ।
लामो खडेरीको कारण धनसार खोलाको पानीको मुहान सुक्दै जाने गरेकोहुदा  किसानहरूले सिचाईमा समेत समस्या झेल्नु परेको हो ।
पानीको अभावमा मकै केरा र वर्खे धान बालिको बोट सुकेको र सुकेको मकैको बोट स्थानीयले काटेर पशु चौपायलाई  ख्वाउनु परेको बाध्यता सिर्जना भएको छ । जेठमहिनाको अन्त्यतिर विक्री गर्न तयारी हुने केरा पानीको अभावमा बिचैमा भाचेर ढल्ने गरेकोछ ।
यसरि केरा बिचैमा भाचेर ढल्दा बर्षेनी सिगौलको स्थानीयले लाखौं क्षति व्यहोर्नु परेको स्थानीय रामलाल थोकर को गुनासो गरेका छन ।
सिचाईको लागि धनसार खोलाको पानी सिगौलको किसानलाई प्रयाप्त रुपले नपुग्ने भएकोले सो समस्या हालगर्ने उदेस्यले वडा नम्बर १ र २ मा सिचाई डिपवोरीङ निर्माण गरेका थिए ।
सिचाईको लागि गराएको डिपवोरीङ बर्षौ बितीसक्दा पनि संचालनमा ल्याउनु नसक्दा खानेपानीको समस्या जस्तै सिचाईमा समेत चर्को समस्या किसानले खेप्नु परिरहेकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित