रैथाने बाली संरक्षणमा निजगढ ५ का वडा कार्यलय

385
SHARES
507
VIEWS

उमेश घलान/निजगढ । मध्य ताराईको उत्तरी क्षेत्रमा पर्ने निजगढ नगरपालिकामा स्थानीय सरकारले स्थानीय रैथाने बाली संरक्षण गरे अनुसार प्रगति हुने हो भने अबको केही महिनामा तपाईंले नामै नसुनेका र बिर्सिएका रैथाने बालीका परिकार चाख्ने अवसर पाउनुहुने छ। निजगढ नगरपालिका वडा नम्बर ५ ले  संघीय कृषि विभागअन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण कृषि प्रवर्दन मिसनअन्तर्गत रैथाने बाली वितरण गर्ने भएको हो ।  संघीय कृषि विभाग अभियानअन्तर्गत यो रैथाने बाली वितरण गर्न लागेको  हो। हाल खाद्यबाली अन्तर्गतका कोदो, फापर र मुङलगायत बालीको उत्पादन र उपभोगमा जोड दिइएको छ ।
‘रैथाने बालीमा पौष्टिक तत्व प्रचूर मात्रामा छँदैछ, यसबाट तराईका उत्तरी चुरे  क्षेत्रमा खाद्य तथा पोषण सुरक्षामा समेत सहयोग पुग्नेछ,’ वडा नम्बर ५ का वडा अध्यक्ष सुर्यबहादुर थापा मगरले भने,  ‘बेजोड स्वाद, वस्तु विविधीकरणको सम्भावना रहेकाले कृषि पर्यटनलाई समेत रैथाने बालीले थप मद्दत गर्छ ।’ रैथाने बालीलाई कम लगानी र सीमान्त जमिनमा गर्न सकिने भएकाले स्थान विशेष ठाउँमा हुने गरी जलवायु अनुकूलित बालीका रुपमा पनि लगाउन सकिने वडा अध्यक्ष गमरको भनाइ छ। ‘परापूर्वकालदेखि स्थानीय समुदायले खेती र संरक्षण गर्दै आएका बाली भएकाले किसानलाई खेती गर्न सिकाइरहनु पर्दैन । बरु यी बालीका महत्त्व वस्तु विविधीकरण र बजारीकरणका उपायमा सहयोग गरिदिनु पर्छ,’ उनले भने ।
वडाले चालु आवमा नगरको आर्थिक बजेट अन्तरगत वडा मार्फत रैथाने बाली प्रवर्ध्दधन कार्यक्रम लागू गरेको हो ।
पछिल्ला वर्षमा रैथाने बीउको संरक्षण नभएको अवस्थालाई मध्यनजर गर्दै स्थानीय तथा उन्नत जातका रैथाने बालीका बीउको विउ वितरण गरिरहेको छ ।
रैथाने बाली उत्पादनसँगै जैविक विविधता संरक्षणका लागि सबै सरोकारवालालाई जागरुक बनाउने योजनाको आश्यक्ता रहेको छ । महिला स्वास्थ्य स्वयंसेविका, कृषि प्राविधिक, स्थानीय स्रोत कृषक, शिक्षकलाई सहभागी बनाएर खाद्य तथा पोषण सुरक्षामा रैथाने बालीको महत्त्वबारे जानकारी प्रदान गर्न सके । यसबाट खेती र उपभोग गर्ने दुवैमा उत्साह बढ्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित