नेरामावि सिङौलको वार्षिक अभिभावक भेला, भेलाद्वारा चार सदस्यीय चयन

404
SHARES
532
VIEWS

बसन्त लामा/सिगौल । बाराको निजगढ नगरपालिका वडा नम्बर १ अवस्थित श्री नेपाल राष्ट्रीय माध्यामिक बिद्यालयको वार्षिक अभिभावक भेला भएको छ । सो माध्यामिक विद्यालयमा भएको भेलाले चार सदस्यीय सर्वसम्मत रुपमा चयन गरेको छ । चयन हुने व्यवस्थापन समितिका सदस्यहरुमा सन्तोष धामी, पवित्रा कुमर, रविना धामी, दुधलाल लामालाई सर्वसहमतिमा चयन गरेका छन । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष मानबहादुर योन्जनको सभापतित्वमा भएको उक्त भेलामा निजगढ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चनको प्रमुख आतिथ्यता रहेका थिए । भेलामा निजगढ नगरपालिका वडा नम्बर २ का कार्यवाहक वडा अध्यक्ष पुस्कर खडका, निजगढ नगरकार्यपालिकाकी सदस्य फुलमाया लामा, मानबहादुर ड़ासेली, निजगढ नगरपालिका वडा नम्बर १ का वडा सदस्य कन्तलाल धामी, मन्जु कुमर कछडीया, जुनेली माया बि क, सोहि बिद्यालयका प्रधानाध्यापक रामवरण यादव, ईलाका प्रहरी कार्यालय निजगढका प्रतिनिधि बिष्णु चौलागाई, समाजसेवी ज्ञानु जिम्बा अस्थाइ प्रहरी पोष्ट सिगौलका प्रमुख धनुकलाल ठाकुर, समाजसेवी बिजय योन्जन, महिला सामाजिक नेतृ तथा महिला अधिकार कर्मी आश्मा तुमसिङ मगर, कोपिला गोले, चिनीमाया मुक्तानलगायतले अतिथिको रुपमा सहभागी रहेका थिए । भेलालाई स्वागत मनतव्य भने बिद्यालयकी शिक्षिका तारादेवी सिवाकोटीले अरेकी थिईन ।
विद्यालय्का लेखापाल रामहरि गौतमले प्रस्तुत गरेको वार्षिक प्रगति विवरण तथा आर्थिक प्रतिवेदन भेलाले सर्वसम्मत पास गरेको थियो । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि र अतिथिहरुले विद्यालयलाई साथ र सहयोगको हर्ने बारेमा महत्त्वपूर्ण मन्तव्य राखेका थिए ।
विहिबार भएको तथा समिति गठनको कार्यक्रम संचालन भने शिक्षक मच्छिन्द्रनाथ आचार्यले गरेका थिए ।

समुदाय-प्रहरी साझेदारी अपराध न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

सोही भेलाको अवसरमा हर प्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी भन्ने नारासहित समुदाय-प्रहरी साझेदारी कार्यक्रममा अपराध न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत संचालन गरेको छ ।
निजगढ ईलाका प्रहरी कार्यालयका साई विष्णु चौलागाईंद्वारा समुदाय-प्रहरी साझेदारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गरेको हो । ईलाका प्रहरी कार्यालय निजगढको आयोजनामा चौलागाईंले शान्ति, सुरक्षित र सभ्य समाज निर्माण गर्ने सबैको चाहना भएकोले प्रहरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रम संचालन देशै भरी भैइरहेको बताए। अपराधको प्रवृत्ति परिवर्तन भइरहेको तथा सामाजिक विकृत्ति र विसंगति लगायतका चुनौति सामना गर्न प्रहरी र समुदाय एकताबद्ध भएर लागेमा अपराध नियन्त्रण गर्न सकिने चौलागाईंले उल्लेख गरे । साथै चौलागाईंले अन्तरक्रियाको क्रममा उठेका सवालहरुको समेत सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित