६७ औं सहकारी दिवसको अवसरमा निजगढ नगरपालिकाद्वारा प्रभात फेरी

386
SHARES
508
VIEWS

उमेश घलान बारा । “सहकारीमा सुशासन, प्रविधि र एकीकरण” भन्ने नाराका साथ  ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बाराको निजगढ नगरपालिकामा प्रभात फेरी गरि मनाइएको छ।
निजगढ नगरपालिकाको प्रशासकीय अधिकृत अजय धितालको अध्यक्षतामा सम्पन्न प्रभात फेरी कार्यक्रममा निजगढ नगर प्रमुख सुरथ पुरीको अतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि सुरथ पुरी, निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, निजगढ महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष शोभा राउत, बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटा (अविरल), लोकप्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अम्बिकाप्रसाद चौलागाईं, सगरमाथा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भोलाप्रसाद गौतम र अवतार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अजय लामालगयतले निजगढ क्षेत्रका सहकारीहरुमा अन्य मिडिया र सामाजिक संजाल फैलिएको जस्तो दरार नरहेको र निर्धक्क संग सहकारीमा आबद्ध हुन बचत गर्न आम समुदायमा आव्हान समेत गरेका थिए । प्रभात फेरी निजगढ नगरपालिकाको कार्यालयबाट सुरु भएको सो पद यात्रा पुन: निजगढ नगरपालिकाको प्राङ्गणमा पुगेर कोणसभामा सम्पन्न भएको थियो । नगरपालिकाकाले आयोजना गरेको सो कार्यक्रममा निजगढ क्षेत्र भित्र रहेको विभिन्न सहकारी संघ संस्थाहरुको सहभागी रहेका थिए । सहभागी संस्थाहरुमा अवतार बचत तथा ऋण सहकारी संस्था लि., लोकप्रिय बचत तथा ऋण सहकारी संस्था लि., निजगढ महिला बचत तथा ऋण सहकारी संस्था लि., समाधान बचत तथा ऋण सहकारी संस्था लि., स्वतन्त्रता बचत तथा ऋण सहकारी संस्था लि., सचेत बचत तथा ऋण सहकारी संस्था लि., सप्त रेखी पाशुपालन बचत तथा ऋण सहकारी संस्था लि., समुन्नत महिला बहुद्देश्यीय सहकारी संस्था लि., नवतारा बचत तथा ऋण सहकारी संस्था लि., हाम्रो बचत तथा ऋण सहकारी संस्था लि., त्यसतैगरी निजगढ तरकारी फलफुल उत्पादक सहकारी संस्था लि., कृषि सामग्री खरिद विक्री बचत तथा ऋण सहकारी संस्था लि., साना किसान कृषि सहकारी संस्था लि., सरल बहुद्देश्यीय सहकारी संस्था, त्यस्तैगरी ऐंचोपैचो बचत तथा ऋण सहकारी संस्था लि., सुनखरी सना किसान कृषि बचत तथा ऋण सहकारी संस्था लि., क्रियाशिल बचत तथा ऋण सहकारी संस्था लि. सेवा शुभराम्भ बचत तथा ऋण सहकारी संस्था लि., हिमचुली साना किसान बचत तथा ऋण सहकारी संस्था लि.लगयतका सहकारी संस्थाहरुको उल्लेखिय सहभागीयाको थियो । निजगढ कार्यापालिका सदस्य तथा १२ नम्बर वडा कार्यालयका अध्यक्ष ज्ञानबहादुर गोलेद्वारा स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन भने निजगढ नगरपालिकाको कृषि शाखा प्रमुख अजय उप्रेतीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित