वसन्त लामा/सिगौल । बाराको निजगढ नगरपालिका को वडा नम्बर ३ वडा कार्यालयद्वारा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सन्चालन गरिएकोछ । सिगौल वडा नम्बर ३ को असाहय गरिव र अतिबिपन्न वर्गको महिला पुरुषलाई लक्षितगरि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सनंचालन गरेको हो ।

सो कार्यक्रममा महिला पुरुषगरि २८ जना स्थानियलाई समावेश गरेका छन ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा समावेश भएका २८ जनाले बिहान ६ बजे देखि मध्यान्ह १२ बजेसम्म विकासको पुर्वधारको काम गर्ने गरेका छन ।
गत वर्षको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत भएको कामले खासै स्थानियमा प्रभाव नदेखिएकोले चालुआर्थिक वर्ष २०८०/०८१ मा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले प्रभावकारी काम देखाउनु पर्ने रहेकोले वडा नम्बर ३ को वडा अध्यक्ष गोकुल प्रसाद तिमल्सिना आफै कार्यस्थलमा जुटिरहेको छ ।
वडा नम्बर ३ को वडाकार्यलयले असाहय र अतिबिपन्न गरिव महिला पुरुषलाई प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा समावेश भैई कामबाट आएको आर्थिक रकम्द्वारा घरायसी खर्छ चलाउनुको लागि केही समय सम्म सहज हुने अध्यक्ष तिमल्सिनाले बताए ।
गत हाओता देखि सुरुगरिएको सो स्वरोजगार कार्यक्रमको काम लगभग ६५ दिन सम्म चल्ने ग्रुपलिडर सिद्ध कटुवाली मगरले जानकारी गराएका छन ।





















Discussion about this post