बारा युवा घेदुङले पायो नयाँ कार्यसमिति अध्यक्षमा रुम्बा चयन

410
SHARES
540
VIEWS

उमेश घलान/बारा । नेपाल तामाङ युवा घेदुङ बाराको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार निजगढ उद्योग वाणिज्य संघको सभाहलमा भएको अधिवेशनले राज रुम्बा तामाङको अध्यक्षतामा ११ सदस्यी जिल्ला समिति निर्वाचित गरेको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा अशोका कुमारी लोप्चन, राजकुमारी बल, सचिवमा खुशिलाल थिङ्ग, सह–सचिवमा यसकुमार स्याङ्तान, कोषाध्यक्षमा दिलकुमारी लोप्चन रहेका छन् । त्यस्तैगरी सदस्यहरुमा सुरेश पाख्रीन, अयुप थिङ, राजकुमार लामा, विरबहादुर घिसिङ्ग र प्रदिप बोम्जन सर्वसम्मत चयन भएका छन । जनक लामा थिङ्गको अध्यक्षतामा भएको सो अधिवेशन नेपाल तामाङ घेदुङ्गका संघीय वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोनको प्रमुख अतिथ्यतामा भएको हो । प्रमुख अतिथि ब्लोनले अधिवेशनलाई पानसमा दिपप्रज्वलान गरेर उदघाटन गरेका थिए ।


अधिवेशनको उदघाटन गर्दै नेपाल तामाङ घेदुङ्ग संघीय परिषद्का वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोनले तामाङ समुदाय पछाडि पर्नुमा राज्यसत्ताको विभेद रहेको बताए । उनले भने, ‘राज्यले एउटै मात्र भाषा, संस्कृति, धर्मको संरक्षण गरेको छ ।’ उनले तामाङहरु जाँड रक्सिले नभई राज्यको उत्पीडनको सिकार परेको उल्लेख गरे । ‘तामाङ जातिको भाषा, संस्कृति राज्यले संरक्षण दिनुपर्छ । यसको निम्ति हाम्रो लडाइ हो,’ बरिष्ठ उपाध्यक्ष ब्लोनले भने । कार्यक्रममा नेपाल तामाङ तामाङ युवा घेदुङ केन्द्रीय वरिष्ठ उपाध्यक्ष विलम मोक्तान, उर्जा मन्त्रलयको उपसचिव लेख नाथ वागले, नेपाल तामाङ घेदुङका संघीय केन्द्रिय कार्य समितिका सदस्य लक्ष्मी बल, नेपाल तामाङ्ग घेदुङ्ग मधेश प्रदेश उपाध्यक्ष सुनमाया लोप्चन, सदस्य संजिव लोप्चन, बारा जिल्ला समन्वय समितिका अध्यक्ष सुर्य घलान, उपाध्यक्ष हिरालक्ष्मी लामा, तिलक जिम्बा, सचिव हिरा दोङ्ग, जितपुरसिमरा उपमहानगरपलिकाको अध्यक्ष जितबहादुर घलान, उपाध्यक्ष साजन लामा,  निजगढ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चन, समाजसेवी दिलबहादुर लामा, बेनिबहादुर मोक्तान, नेपाल तामाङ्ग घेदुङ्ग निजगढ नगर उपाध्यक्ष सन्तबहादुर लामा, सचीव कुमारबहादुर मोक्तानलगायतका उपस्थित रहेका थिए । त्यस्तैगरी कार्यक्रमलाई सम्बोधन गर्दै बारा जिल्ला समन्वय समितिका अध्यक्ष सुर्य घलानले तामाङ भाषा, संस्कृतिको प्रवर्द्धनसहित ताम्सालिङ प्राप्तिको लागि हाम्रो आन्दोलन, दीर्घकालीन संघको योजनासहित जुझारु नेतृत्व चयनका लागि यो महाधिवेशन’ भएको बताए । यो महिधिवेशनले तामाङ समुदायको पनि सबै वर्ग समुदायलाई समेट्नु पर्ने छ भने समय र परिस्थितिअनुसार समुदायको मुद्दालाई उठाउन सक्ने नेतृत्वको खाँचो रहेको सरोकारवालाको अपेक्षा रहेको बताएको छ । महाधिवेशनमा हरेक अभियन्ताहरु अघि बढ्न चाहन्छन् र आफ्नो जिम्मेवारीलाई थप बोझिलो बनाउन चाहनु स्वाभाविक पनि हो ।घलानले भने । तामाङको अधिकार र पहिचान सुनिश्चितताको लागि पराम्परागत ज्ञान, सिपको प्रबद्र्धन गर्न आवश्यक रहेको घलानले बताए । आफ्नो सँस्कार सस्कृतीको जगेर्ना गर्नको लागि पछिल्ला पुस्तामा जनचेतना फैलाउनका निम्ती नेपाल तामाङ घेदुङले अभियान सन्चालन गर्नुपर्नेमा जोड दिए । अध्यक्ष घलानले आफ्नो ताम्सालिङ्ग भुमिअधिकार फिर्ता र तामाङ्ग जागरण अभियानमा आफु लागि परेको समेत अध्यक्ष घलानले व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित