बारा । गौरीशंकर क्याम्पस निजगढले शुक्रबार निजगढमा वृहत सरसफाइ कार्यक्रमको आयोजना गरेको छ । क्याम्पस परिसरबाट शुरु भएको सो कार्यक्रम क्याम्पस रोड हुदै पूर्वपश्चिम राजमार्गको बद्धचोकसम्मको दबै किनाराको सरसफाइ पछि क्याम्पसमै फर्किएर समापन गरिएको थियो । सो क्रममा सडक र सार्वजनिक स्थानमा रहेको फोहोर संकलन गरिएको थियो । क्याम्पस संचालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठ, क्याम्पस प्रमुख टिकाराम भट्टराईसहित समितिका पदाधिकारी, क्याम्पसका शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको | थियो । उनीहरु गौरीशंकर कलेजको नाम अंकित रातो जर्सी लगाएर कार्यक्रममा सरिक भएका थिए । सामाजिक उत्तर दायित्व र अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तर्गत क्यामपसले सामुदायिक सरसफाइ अभियान संचालन गरेको क्याम्पस संचालक समितिका अध्यक्ष श्रेष्ठले वताएको छ ।





















Discussion about this post