उमेश घलान/बारा । नेपाल तामाङ घेदुङ निजगढ बाराले साविक निजगढका वडाहरुमा आफ्नो संगठन विस्तारमा तिव्र रूपमा गरीरहेको छ । नेपाल तामाङ घेदुङले निजगढ नगरपालिकाको वडा नम्बर १० लालमा प्रथम वडा सम्मेलन सम्पन्न गरेको हो ।

नेपाल तामाङ घेदुङ निजगढ नगर कमिटिले तामाङ जागरण अभियान अन्तर्गत निजगढको वडा नम्बर १० को मातृभुमी महिला सभा भवन परिसरमा वडाको भेला आयोजना गरेको थियो ।
नेपाल तामाङ घेदुङ निजगढ कमिटिद्वारा आयोजित भेलाले निजगढ १० लालमा नेपाल तामाङ घेदुङ वडा अध्यक्ष ज्ञान बहादुर मोक्तान तामाङलाई सर्वसम्मत चयन गरेको छ ।

त्यसतैगरी कमिटिको महिला उपाध्यक्षमा सीता माया भोलोन, उपाध्यक्षमा कलबहादुर स्याङ्तानलाई सर्वसम्मत चयन गरेका छन । त्यस्तै सचिवमा संगिता मोक्तान सहसचिवमा सुर्यकुमार वाईबा कोषाध्यक्ष सेरफ सिं सिङ्तान सर्वसम्मत निर्वाचित भएको हो ।
त्यस्तैगरी उक्त भेलाले सदस्यहरुमा वनमाया घिसिङ, साईली माया बोम्जन, पोते सिङ्तान, जमान सिं घलान, विक्रम बोम्जन, ज्ञानदेव जिम्बा र सुर्य बहादुर घिसिङ सर्वसमतिमा चयन भएका छन । त्यस्तैगरी सो भेलामा निजगढ वडा नम्बर १० का कर्याबहक वडा अध्यक्ष मेघराज लामाको प्रमुख अतिथिमा भएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल तामाङ घेदुङ निजगढ नगर समितिका सचीव कुमार बहादुर मोक्तानको रहेको थियो ।

त्यस्तै भेलामा नेपाल तामाङ घेदुङ मधेश प्रदेश कमिटीका उपाध्यक्ष सुनमाया लोप्चन, वारा जिल्ला समन्वय समितीका अध्यक्ष सुर्य घलान, पुर्व नगर घेदुङ अध्यक्ष सिद्धार्थ लोप्चन, नेपाल तामाङ घेदुङ संगठन विभागका केन्द्रीय सदस्य आशिष तामाङ, पुर्व जिल्ला सामितिका सदस्य चन्द लामा, निजगढ नगर कार्यापालिका सदस्य मन माया मगर, पुर्व वडा अध्यक्ष पदम बहादुर मोक्तान, समाजसेवी हिरा लामा, ठूलो कान्छा घिसिङ, भिम बहादुर भोलोन, महिला अधिकार कर्मी अनेमा संघ क्रान्तिकारी निजगढ नगर अध्यक्ष धनमाया घलान, बारा घेदुङ सचीव हिरा दोङलगायतका सहभागी रहेका थिए । यस अघि गत माघ १७ गते जितपुरसिमरी उपमहानगरपालिका रामनगरमा अयोजित सोनाम लोछारको वृहत सांस्कृतिक कार्यक्रममा नेपाल तामाङ घेदुङ वारा जिल्ला समन्वय समितीका अध्यक्ष सुर्य घलानले चैत महिना भित्र निजगढको १३ वटा वडाहरुमा संगठन मार्फत तामाङ जागरण अभियान संचालन गर्ने उदघोष गरेका थिए । उक्त तामाङ जागरण अभियान अन्तर्गतको कार्यक्रमलाई प्राथमिकतामा राखी हाल निजगढका विभिन्न वडाहरु वडा सम्मेलन प्रथम वडा भेला मार्फत तामाङ समुदायलाई जगाउदै वडा गठन गरिरहेका छन । सो अभियान मार्फत अध्यक्ष सुर्य घलानले तामाङ समुदाय अब जागरुक हुने पर्नेमा तालिम समेत दिईरहेका छन ।

ताम्सालिङ भूमिलाई केन्द्रीत गरेर नेपाल तामाङ घेदुङ बाराले जागरण तथा संगठन निर्माण अभियान सुरु गरेको हो । नेपाल तामाङ्ग बाराले सामाजिक मुद्दा सहितको राजनीतिक र विचार सहितको सामाजिक जागरण भन्ने नारा दिइएको उक्त अभियानमा पहिलो, दोस्रो र तेस्रो गरी तिन चरणमा कार्यक्रम सञ्चालन गर्ने बारा घेदुङको घोषण रहेको थियो । बारा घेदुङ अध्यक्ष घलानको अनुसार पहिलो चरणमा ताम्सालिङ जागरण अभियान निजगढमा तामाङ बसोबास रहेको १ देखि १३ वटा वडाहरुमा संगठन निर्माण गर्ने, दोस्रो चरणमा साँस्कृतिक कार्यक्रम सहितको ताम्सालिङ जागरण सभाहरु सम्पन्न गर्ने र तेस्रो चरणमा निश्चित कार्यकर्तालाई (विशेष युवा लक्षित) प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । संगठन निर्माणको लागि बारा जिल्लामा विभिन्न समूहमा विभाजिर गरी बाराका कार्य समितिका पदाधिकारी, नगरका कार्यसमिति र भातृसंगठन समितीका सदस्यहरुले ताम्सालिङ्ग भुमी जागरण अभियान अन्तर्गतको संगठन निर्माणमा जुटिरहेका छन । संगठन निर्माण सम्पन्न लगत्तै जागरण सभा सञ्चालन गरिने छ ।
जागरण सभामा ताम्सालिङ भूमि, समुदायको पहिचान, अधिकार, बिगतमा तामाङमाथि भएको उत्पीडन, शैक्षिक चेतना जगाउने, समाजको बिकृति, बिसंगति बिरुद्धका गीत, प्रशिक्षण गरिनुका साथै अभियानमा तामाङ बक्ता र पहिचानवादी गैर तामाङ बक्ताहरुलाई समेत लाने घेदुङ बाराले योजना रहेको छ ।





















Discussion about this post