बारा । नेपाल तामाङ घेदुङ निजगढ बाराले साविक निजगढका वडाहरुमा आफ्नो संगठन विस्तार गरेको छ । नेपाल तामाङ घेदुङले निजगढ नगरपालिकाको वडा नम्बर ४ देखि ९ सम्मको वडा प्रथम वडा सम्मेलन सम्पन्न गरेको हो ।
नेपाल तामाङ घेदुङ निजगढ नगर कमिटिले तामाङ जागरण अभियान अन्तर्गत निजगढको वडा नम्बर ४ को गोलघरमा वडाको भेला आयोजना गरेको थियो । नेपाल तामाङ घेदुङ निजगढ कमिटिद्वारा आयोजित भेलाले निजगढ ४ मा नेपाल तामाङ घेदुङ वडा अध्यक्ष मान सिं बोम्जन तामाङलाई सर्वसम्मत चयन गरेको छ ।
त्यसतैगरी कमिटिको महिला उपाध्यक्षमा कमला कुमारी भोलोन, उपाध्यक्षमा बुद्ध बोम्जनलाई सर्वसम्मत चयन गरेका छन । त्यस्तै सचिव मानबहादुर योन्जन सहसचिवमा दिप मोक्तान कोषाध्यक्ष मिना लामा लो सर्वसम्मत निर्वाचित भएको हो ।
त्यस्तैगरी उक्त भेलाले सदस्यहरुमा लाल बहादुर तामान्ह, असुनी तामाङ, बाघ सिं घलान, मंगल पाख्रीन, जनक योन्जन, दुर्गा बहादुर लोप्चन, देव शंकर वाईबा, प्रज्वल लामा र विशालमोक्तान सर्वसमतिमा चयन भएका छन । त्यस्तैगरी सो भेलामा निजगढ वडा नम्बर ४ का वडा अध्यक्ष विशन सापकोटाको प्रमुख अतिथिमा भएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल तामाङ घेदुङ निजगढ नगर समितिका उपाध्यक्ष सन्त बहादुर बलको रहेको थियो ।
नव गठित समितीलाई शुभकामना राख्दै तामाङ समुदायको हकहितको लागि वडा अध्यक्ष सापकोटाले वडाबाट हुने सहयोगमा आफु निरन्तर लागि रहने बताएकोछ ।
त्यस्तै अतिथिहरुमा नेपाल तामाङ घेदुङ मधेस प्रदेश समितिका उपाध्यक्ष सुनमाया लोप्चन, नेपाल तामाङ घेदुङ बारा अध्यक्ष तथा निजगढ १३ का वडा अध्यक्ष सुर्य घलान, नेपाल तामाङ घेदुङ मकवानपुर कमिटिको अध्यक्ष विश्वराज स्याङ्तान, नगर सल्लाहकार बेनि बहादुर मोक्तान, सिद्धार्थ लोप्चनलगायतका उपस्थिति रहेको थियो । त्यसैगरी नेपाल तामाङ घेदुङ निजगढ कमिटिद्वारा आयोजित भेलाले निजगढ ५ मा घेदुङ वडा अध्यक्ष कुलबहादुर जिम्बा तामाङलाई सर्वसम्मत चयन गरेको छ |
त्यसतैगरी कमिटिको महिला उपाध्यक्षमा चिनीमाया भोलोन, उपाध्यक्षमा मन्जु भोलोनलाई सर्वसम्मत चयन गरेका छन । त्यस्तै सचिव सिताकुमारी भोलोन सहसचिवमा नारायण बहादुर बल कोषाध्यक्ष फुलमाया वाईबा सर्वसम्मत निर्वाचित भएको हो ।
त्यस्तैगरी उक्त भेलाले सदस्यहरुमा सन्त बहादुर बल, जनक सेते बल, कृष्ण बहादुर तामाङ गोले, राम सिं मोक्तान, विरबहादुर घिसिङ, दिपक बज्यु सर्वसमतिमा चयन भएका छन । त्यस्तैगरी सो भेलामा निजगढ वडा नम्बर ५ का वडा अध्यक्ष सुर्य बहादुर थापा मगरको प्रमुख अतिथिमा भएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल तामाङ घेदुङ निजगढ नगर समितिका उपाध्यक्ष सन्त बहादुर बलको रहेको थियो ।
नव गठित समितीलाई शुभकामना राख्दै तामाङ समुदायको हकहितको लागि वडा अध्यक्ष मगरले वडाबाट हुने सहयोगमा आफु निरन्तर लागि रहने बताएकोछ ।
त्यस्तै अतिथिहरुमा नेपाल तामाङ घेदुङ समितिका उपाध्यक्ष सुनमाया लोप्चनय
नेपाल तामाङ घेदुङ बारा अध्यक्ष तथा निजगढ १३ का वडा अध्यक्ष सुर्य घलान, घेदुङ प्रदेश कमिटिको सदस्य संजिव लोप्चन, कार्यपालिका सदस्य फुल माया घलानलगायतका उपस्थिति रहेको थियो । त्यसैगरी निजगढ वडा ६ मा पनि वडा गठन भएको छ । वडा नम्बर ६ संजय बोम्जनको अध्यक्षतामा १५ सदस्यीय समिती गठन भएको हो जसमा महिला उपाध्यक्षमा शलिना तामाङ, पुरुष उपाध्यक्षमा जस्मान तामाङ, कोषाध्यक्षमा फुलमाया रुम्बा, सचीवमा डोल्मो वाईबा, सहसचिवमा सुरेन्द्र घलान चयन भएको छ । त्यस्तै सदस्यहरुमा कृष्ण बहादुर लामा, प्रेम घलान, ङेमा लामा, ओममाया जिम्बा, दलबहादुर वाईबा, गंगे योन्जनलगायतका समितिहरु सर्वसम्मत चयन भएका छन । त्यस्तै वडा नम्बर ७ मा नायाराण बहादुर तामाङको अध्यक्षतामा १३ समिती गठन भएको छ । महिला उपाध्यक्षमा लक्ष्मी घिसिङ, पुरुष उपाध्यक्षमा कृष्ण लामा सचीवमा प्रशान्त तामाङ सहसचिवमा दिपा थिङ पाख्रीन कोषाध्यक्षमा जुनि लामा तामाङ चयन भएको छ । त्यसैगरी सदस्यहरुमा डोल्मो तामाङ, पासाङ तामाङ, कविता लामा, सिर्जना वाईबा मंगली तामाङलागयत सर्वसम्मत चयन गरिएको छ । त्यस्तै वडा नम्बर ८ मा टीका योन्जन (टोके) को अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसमा महिला उपाध्यक्षमा शुसिला कुमारी लामा, पुरुष उपाध्यक्षमा राज कुमार लामा, सचीवमा अशोका कुमारी लोप्चन, सहसचिवमा अनुप लामा, कोषाध्यक्षमा मन्जु कुमारी लामा रहेका छन । त्यस्तैगरी सदस्यहरुमा भिम लामा, बुद्ध लामा, प्रेम लामा, नेत्रबहादुर लामा, सिर्जना दोङ, राजु लामा,पेमाघ्यम्छो लामा, कर्ण बहादुर दोङ, अमित योन्जन, सुनिल मोक्तान, देवकी लामा, रामकुमारी स्याङ्बो, सर्वसम्मत चयन भएको छ । त्यस्तै वडा नम्बर ९ मा पनि नेपाल तामाङ घेदुङ वडा कार्यसमिति गठन भएको छ । नेम कुमार लामाको अध्यक्षतामा १३ सदस्यीय सर्वसहमतिमा चयन गरिएको हो । समितीको महिला उपाध्यक्षमा विमला, लामा, पुरुष उपाध्यक्षमा शोभा सिं वाईबा, सचिवमा छेनाम सिं वाईबा, सहसचिवमा गंगा तामाङ र कोषाध्यक्षमा दिलकुमारी लामा रहेका छन । त्यस्तै सदस्यहरुमा ईन्द्र बहादुर भोलोन, कृष्ण बहादुर तितुङ, साजन तामाङ, धनराज भोलोन, विकास लामा र किशुन तामाङ सर्वसम्मत रुपमा चयन भएको छ । यस अघि गत माघ १७ गते सोनाम लोछारको वृहत सांस्कृतिक कार्यक्रममा नेपाल तामाङ घेदुङ वारा जिल्ला समन्वय समितीका अध्यक्ष सुर्य घलानले चैत महिना भित्र निजगढको १३ वटा वडाहरुमा संगठन मार्फत तामाङ जागरण अभियान संचालन गर्ने उदघोष गरेका थिए । उक्त तामाङ जागरण अभियान अन्तर्गतको कार्यक्रमलाई प्राथमिकतामा राखी हाल निजगढका विभिन्न वडाहरु वडा सम्मेलन प्रथम वडा भेला मार्फ तामाङ समुदायलाई जगाउदै वडा गठन गरिरहेका छन । सो अभियान मार्फत अध्यक्ष सुर्य घलानले तामाङ समुदाय अब जागरुक हुने पर्नेमा तालिम समेत दिईरहेका छन ।





















Discussion about this post