बसन्त लामा/बारा । बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर ३ शान्तिटोल स्थित सिंगौल फापरवारी जोडने सडक निर्माणको स्थर उन्नती भैइरहेको छ ।
सिगौल वडा नम्बर ३ पुर्व वडा अध्यक्ष जितबहादुर बलको घर नजिक देखि सिगौल फापरवारी जोडने बाटोमा आर सी सी ढलान सडक बाटो निर्माण कार्य सुरु भएको हो ।
चालु आर्थिक बर्ष ८०/८१ को बजेट रकम बाट पहिलो चोटी आर सी सी ढलानको सडक निर्माण हुने हुदैछ ।
मधेश प्रदेश सकारले बिनियोजित गरेको ३० लाखमा आर सी सी ढलान रोडको निर्माण कार्य धमाधम भैरहेको हो ।
निर्माण भैरहेको बाटोमा नाला सहित लम्बाई २५० मिटर चौडाई ८ मिटर ८ इन्चि मोटाइको सडक निर्माण बिस्तार भैरहेको छ ।
वडा नम्बर ३ निवासी सुकराम जिम्बा (ज्ञानु) आगाडी बढेपछि सिङ्गौलमा भौतिक पुर्वधारहरुको निर्माण गरिपाएको हो । शान्ति टोलमा ब्यबस्थि बाटो र नाला नहुदा बर्षादको समयमा हिल्लामे भएको बाटोमा स्थानीय हिडन बाध्यत्मक थिए ।
सो बाटो निर्माणपछी सिंगौल वडा नम्बर ३ को स्थानीय मात्र नभाई छिम्मेकी जिल्ला मकवानपुर बकैया गाउँपालिकाको वडा नम्बर १ र २ को स्थानीयलाई समेत सहज हुने भएको छ ।
जिम्बा सार्थक प्रयासमा धनसार खोलामा धनसार सिचाईमा पक्कि बाध निर्माण भैरहेको छ ।
धनसार खोलामा पक्कि बाध नहुदा सिंगौलको अधिकास स्थानीयले सिचाईमा चर्को समस्या झेल्दै आइरहेको थियो ।
बाँध बनेपछि सिंगौलको अधिकास स्थानीयले बर्षौ देखि झेल्दै आइरहेको समस्याबाट सिंचाई समस्याबाट हुने छ ।
त्यस्तै जिन्बाकै पहलमा टासीधार्गेली बौद्ध गुम्बामा ८ कोठे सार्वजानिक शौचालय निर्माण भैसकेकोछ ।





















Discussion about this post