टेकराज भण्डारी/निजगढ बारा । श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय निजगढ ७ का अभिभावकहरुले विद्यालयले प्रदान गरिरहेकाे सिकाइ राम्रो र गुणस्तरीय रहेकाे बताएका छन् ।

विद्यालयमा आयाेजना गरिएकाे अभिभावक, शिक्षक तथा सराेकारवालावीचकाे अन्तर्क्रिया कार्यक्रमका सहभागी अभिभावकहरुले विद्यालयले विद्यार्थीकाे सिकाइ उपलब्धि बढाउन राम्रो भूमिका खेलिरहेकाे बताएका हुन् ।

कार्यक्रममा बाेल्दै शिक्षक अभिभावक संघका सदस्य समेत रहेकी अभिभावक शुशिला सापकाेटा कार्कीले आफ्नाे घरका ३ जना बालबालिका विद्यालयमा पढिरहेका भन्दै अन्य विद्यालय तथा बाेर्डिङ स्कुलमा पढेका बालबालिका भन्दा राम्रो पढाइ भएको आफुले पाएकाे बताईन ।

बालबालिकालाई घरमा राम्राे वातावरण दिई पढाउने हाे भने सरकारी विद्यालयकाे सिकाइमा कुनै कमी नभएको उनको भनाइ छ ।
गाैरीशंकर बहुमुखी क्याम्पस र विद्यालयवीचकाे शैक्षिक सुधार सम्बन्धी कार्यक्रम अन्तर्गत कार्यक्रम आयोजना गरिएको हाे ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष शंकर रुम्बाले विद्यालयमा पठनपाठन, व्यवस्थापन लगायतका कुरामा सुधार हुँदै आएकाे भन्दै अझै शिक्षकहरुले प्रतिबद्ध भएर अघि बढिरहनु पर्ने बताएको छ । कार्यक्रममा गाैरीशंकर बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष एकबहादुर श्रेष्ठले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक, विद्यार्थी प्रतिबद्ध हुनुपर्ने बताएको छ । आफ्ना बालबालिकाले गरिरहेका क्रियाकलापबारे अभिभावक सचेत हुनुपर्ने बताए ।

विद्यालय र क्याम्पसबीच सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन भइरहेको भन्दै अध्यक्ष श्रेष्ठले समाज बनाउन हरेक बालबालिका, अभिभावक असल हुनुपर्ने बताएका छन ।
सोही क्रममा क्याम्पसका प्राध्यापक तथा अनुसन्धानकर्ता डा. मायानाथ घिमिरेले अभिभावक शिक्षा, सामुदायिक विद्यालयका बिशेषता, विद्यालयको अवस्था, सुधार गर्नुपर्ने कुरा तथा यसका लागि गर्नुपर्ने क्रियाकलापका बारेमा प्रस्तुति राखे ।
यस्तै विद्यालयका प्रधानाध्यापक उमेशकुमार स्वर्णकारले विद्यालयकाे अवस्था, गरिरहेका गतिविधि, सफल अभ्यासकाे बारेमा जानकारी गराएको थियाे ।
आफुले गुणस्तरीय शिक्षा दिएर अभिभावकको मन जित्ने प्रयास गरिरहेको भन्दै प्रधानाध्यापक स्वर्णकारले यसमा विद्यालय सफल हुँदै गईरहेको बताएको छ ।
नयाँ शैक्षिक सत्रमा विद्यार्थी संख्या वृद्धि गर्न अभिभावक भेटघाट, अन्तरक्रिया, छलफल लगायतका क्रियाकलाप गरिने प्रधानाध्यापक स्वर्णकारको भनाई छ ।
अन्तरक्रियामा विद्यालयका सल्लाहकार संयाेजक धनश्याम लम्साल, व्यवस्थापन समिति सदस्य विरेन्द्र महताे, रीना याेञ्जन, अभिभावक सचिन गुरुङ, अशाेक गुरुङ, सुजना सापकाेटा, शिक्षकहरु हरिशरण सुवेदी, किरण, श्रेष्ठ लगायतको सहभागिता रहेकाे थियाे ।
यसैबीच सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीकाे बिदाई गरिएकाे छ । यही चैत्र ३ गतेबाट सञ्चालन हुने नगरस्तरीय बार्षिक परिक्षाकाे सफलताको कामना गर्दै बिदाई गरिएको हाे । साे अवसरमा विद्यार्थीलाई निजगढ नगरपनलिका वडा नम्बर ७ का वड अध्यक्ष टेकबहादुर लामा, विद्यालयका प्रधानाध्यापक उमेश कुमार स्वर्णकार, अन्य शिक्षकहरु लगायतले अबिर लगाई कपि, कलम दिएर परिक्षाकाे सफलताको शुभकामना दिएको विद्यालयका शिक्षक टेकराज भण्डारीले जानकारी दिए ।





















Discussion about this post