सर्लाही । सर्लाहीको नवलपुर मलंगवा सडक खण्डमा पर्ने सलेमपुर चोक नजिक सोमवार यात्रुबाहक बसको ठक्करबाट एक साइकल यात्री गम्भीर घाइते भव्को छ । स्थानीयलाई ठक्कर दिएपछि आक्रोशित बनेका यात्रुहरुले बसमा आगजनी गरिदिएका छन् ।
नवलपुर मलंगवा सडक खण्डमा पर्ने कविलासी नगरपालिका वडा नम्वर १० सलेमपुर चोक नजिकै नवलपुरबाट मलंगवा तर्फ गईरहेका ग. २ ख. १४४० नम्वरको बसको ठक्करबाट स्थानीय साइकल यात्री ५५ बर्षिय युगलकिशोर महतो गम्भीर घाइते भएका हुन् ।
स्थानीय व्यक्ति घाइते भएको खवर सुन्नासाथ आक्रोशित हुँदै बसमा आगजनी गरिदिएका थिए । महतोको प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचार पछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
महतोको अवस्था गम्भीर रहेको हुँदा तत्कालै एम्बुलेन्सबाट लगिएपनि बोटोमै हेलिकप्टर बोलाएर काठमाडौं पठाउने व्यवस्था मिलएको छ ।
जानी जानी दुर्घट्ना गरेको भन्दै आक्रोशित स्थानीयले बसमा आगो लगाइदिएपछि सशस्त्र प्रहरीहरु तत्कालै घटनास्थलमा पुगेर आगोलाई निभाउने प्रयास गरिएपनि बसमा निकै क्षति पुगेको बताइएको छ । आक्रोशित स्थानीयहरुले नवलपुर सलेमपुर सडकमा चक्काजाम गर्दा कुनै अप्रिय घटना हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको डिएसपी थारुले भने । यता बसका चालकलाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको उनले जनाएको छ ।





















Discussion about this post