एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

439
SHARES
577
VIEWS

उमेश घलान भक्तलाल । बाराको निजगढ नगरपालिका-१३ मा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । वडा नम्बर १३ क्षेत्रमा आयोजित स्वास्थ्य शिविर निजगढ सामुदायिक अस्पताल, निजगढ तिलगंगा आँखा अस्पतालको प्राविधिक सहकार्यमा र गौरीशंकर क्याम्पस निजगढ नगरपालिका वडा नम्बर १३ को संयुक्तमा आयोजना भएको थियो । शिविरमा २ सय १४ जना भन्दा बढीले स्वास्थ्य परीक्षण गराउनुको साथै निःशुल्क औषधी वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा निजगढ सामुदायिक अस्पतालका डा. सतिस निरौला र मुन्ना साहले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा आँखा सम्बन्धी बिरामीहरुको जाँच तथा उपचार तिलगंगा सामुदायिक आँखा अस्पताल निजगढ शाखा नेत्र सहयक गजेन्द्रकुमार महतोले गरेका थिए । शिविरमा नेपाल रेडक्रस सोसाइटी निजगढ शाखाले रक्तदानको पनि आयोजना गरेका थिए । रक्तदान कार्यक्रममा २ महिलासहित १३ जनाले रक्तदान गरेको छ । जनतालाई घरघरमै निःशुल्क स्वास्थ्य सेवा पुर्‍याउने उद्धेश्यले वडा कार्यालयले यो अभियान सुरु गरिएको वडा अध्यक्ष सुर्य घलानले बताए । जनताको स्वास्थ्य प्रमुख विषय भएकाले गाउँमा नै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको वडाअध्यक्ष घलानले बताएको छ । गाउँमा सडक, खानेपानी र शिक्षा धेरै काम गरेको तर स्वास्थ्य क्षेत्र पनि महत्वपूर्ण भएकाले वडामै चिकित्सकहरु ल्याएरु स्वास्थ्य जाँच गरिएको वडा अध्यक्ष घलानको भनाइ छ । यस शिविर आयोजना गर्नको लागि विभिन्न संघ संस्थाले समेत सहयोग गरेका छन् । साथै शिविर सञ्चालनको लागि गौरीशंकर क्याम्पस, तिलगंगा आँखा अस्पताल निजगढ, नेपाल रेड्क्रस सोसाइटी निजगढ शाखा
र सयपत्री समाजिक विकास संस्थालगायतले शिविरलाई साथ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित