निजगढको कछडिय सामुदायिक वन भित्र पाटे बाघ मृत फेला

400
SHARES
526
VIEWS

बारा । निजगढ नगरपालिका वडा नम्ब्र ४ स्थित कछडिया सामुदायिक वन समुहभित्र पाटे बाघ मृत भेटिएको छ ।बाघ वन कार्यालयका अनुसार मृत फेलाको दुलर्भ पाटे बाघ हो । बकैया खोला किनारमा पाँच दिन अघि मरेको बाघ गलेको अवस्थामा स्थानीयले फेला पारेका थिए ।
सव विभिजन कार्यालय तामागढी र नेपाली सेनाको पर्सा राष्ट्रिय निकुञ्जको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाएर वन कार्यालय परिषरमा खाल्डो खनेर पुरिएको कछडिया सामुदायिक वन समुहका अध्यक्ष विरेन्द्र ठाकुरले जानकारी दिए ।
माघको मृत्युको कारण बारे अनुसन्धान अघि बढाईएको छ । बाघ दुर्घटना वा बुढो भएर कालगतिले मरेको हो वा कसैले मारेको भन्ने बारेमा अनुसन्धानका गर्न परीक्षणको लागि आवश्यक प्रकृया अघि बढाईएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित