बसन्त लामा/राैतहट । राैतहट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एलिजा गिरीकाे प्रमुख आतिथ्यतामा बाल अधिकार तथा बालबालिका सम्बन्धी जानकारीमूलक सन्देश प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।
जिल्लाको परोहा नगरपालिका वडा नम्बर ४ लौकाहा स्थित रहेको श्री ब्रह्मज्योती माध्यमिक विद्यालयको कक्षा कोठामा सो कार्यक्रम संचालन भएको हो । सो कार्यक्रम UNICEF को सहयोगमा जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा आयोजित गरेका थिए । “Strengthning Nepal Police-Women,Children and Senior Citizens Service Directorate On justice For Children” परियोजना Activity 2.1 outreach Program in school and Community Focusing on justice For children and GBV अन्तर्गत कक्षा-६ देखि १० सम्मका अध्ययनरत बालबालिकाहरुलाई प्रहरी नायव उपरीक्षक गिरीले प्रशिक्षण दिएकी थिइन । उक्त विद्यालयमा अध्ययनरत चात्र/छात्रा तथा बालबालिकाहरु र शिक्षक/शिक्षिका समेत गरी ८५ जनाको सहभागितामा विद्यालय सम्पर्क कार्यक्रम अन्तरगत बाल अधिकार तथा बालबालिका सम्बन्धी जानकारीमूलक सन्देश सम्बन्धमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको विद्यालयले जनाएको छ ।






















Discussion about this post