शैक्षिक सुधार कार्यदलद्वारा निजगढमा विद्यालय अनुगमन जारी

433
SHARES
570
VIEWS

निजगढ । बाराको निजगढ नगरपालिकाले आफ्नो सेवा क्षेत्र भित्रका विद्यालयको सघन अनुगमन कार्य जारी राखेको छ ।
नगर स्तरीय शैक्षिक सुधार कार्यदलले सेवा क्षेत्र भित्रका विद्यालयको सघन अनुगमन गरी थप शैक्षिक सुधारका लागि योजना बनाउन अनुगमन थालेको कार्यदल संयोजक तथा नगर उपप्रमुख सोममाया थिङले बताएकी छिन ।


सोमवार कार्यदलले निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयको पनि अनुगमन गरेको छ । कार्यदल संयोजक थिङको नेतृत्वमा आएको टोलीले विद्यालयको विद्यार्थी संख्या, शिक्षक उपस्थिति, विद्यालयको शैक्षिक गतिविधि, भौतिक अवस्था, शैक्षिक सामग्री तथा त्यसको प्रयोग लगायतका विषयमा अनुगमन गरी जानकारी लिएको छ ।

कार्यदललाई विद्यालयको समग्र अवस्थाबारे यथार्थ जानकारी दिएको सत्यश्वर शिवशक्ती आधारभुत विद्यालयका प्रधानाध्यापक उमेशकुमार स्वर्णकारले बताएको छ । विद्यालयल शैक्षिक सुधारका लागि प्रतिबद्धताका साथ लागिरहेको भन्दै प्रधानाध्यापक स्वर्णकारले विद्यालयका विभिन्न समस्या समाधानका लागि समेत सरोकारवालालाई आग्रह गरेको बताएका छन । आफुहरुले विद्यालयको समग्र पक्षको बारेमा जानकारी लिएको भन्दै यसकै आधारमा आगामी योजना तयार गरिने उपप्रमुख थिङको भनाई छ । सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय सुधारोन्मुख रहेको भन्दै थप सुधार गर्न विद्यालय लाग्नुपर्ने र आवश्यक सहयोगको लागि नगरपालिका पनि लाग्ने उपमेयर थिङ्गको भनाई रहेको छ ।
अनुगमन टोलीमा निजगढ नगरपालिकाका शिक्षा अधिकृत उत्तम लामिछाने, कार्यदल सदस्यहरु सुदर्शन कोईराला, हस्तबहादुर लामा, वडा अध्यक्ष टेकबहादुर लामा, ज्ञानबहादुर गोले, मुकुन्द विष्ट, पूर्ववडा अध्यक्ष रामजीप्रसाद बजगाई, पेमामाया लामा लगायतको सहभागिता रहेको थियो ।
यसैवीच सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयको व्यवस्थापन समितिको बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले स्थानीय समाजसेवी घनश्याम लम्सालको संयोजकत्वमा एकबहादुर श्रेष्ठ, रामजीप्रसाद बजगाई र अनुप थापामागर सदस्य रहेको विद्यालय सल्लाहकार समिति गठन गरेको छ ।
यसैगरी विव्यस सदस्य हरेन्द्र साह रौनियारको संयोजकत्वमा गुनासो सुनुवाई समिति पनि गठन गरेको छ । विद्यालयको शैक्षिक सुधारका लागि सरोकारवालासंग छलफल सहित नगरपालिकामा मागपत्र पेश गर्ने निर्णय पनि बैठकले गरेको व्यवस्थापन समितिका अध्यक्ष हरीप्रसाद चौलागाईँले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित