धारापानी सामुदायिक वनको वार्षिक साधारण सभा सम्पन्न

421
SHARES
554
VIEWS

भक्तलाल । बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर १३ का धारापानी सामुदायिक वन उपभोक्ता समुहको वार्षिक साधारण सभा सम्पन्न भएको छ । धारापानी सामुदायिक वनका अध्यक्ष उमेश घलानको अध्यक्षतामा भएको सो सभामा प्रमूख अतिथि निजगढ नगरपालिकाका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलानले ब्यानर पढेर उदघाटन गरेको हो । सभाले नव पदपूर्तिमा समितिको सचीवमा सानुमाया गोले र सदस्यमा सुष्मा स्याङ्तानलाई सर्वसम्मत चयन गरेको छ । उक्त सभामा प्रमुख अतिथि सुर्य घलान, फेकोफन निजगढ नगर उपाध्यक्ष तथा पशुपति सामुदायिक वन अध्यक्ष धनबहादुर खुलाल, शिवशक्तीश्वर सामुदायिक वन अध्यक्ष सुनबाहादुर थिङ्ग, सव डिभिजन वन कार्यालय रतनपुरका कर्मचारी मुकेशकुमार दासगायतले सामुदायिक वन संरक्षण, प्रबर्द्धन र उपभोक बारेमा मन्यव्य राखेका थिए । त्यस्तै प्रमुख अतिथि सुर्य घलानले शुभकामना मन्तव्य राख्दै सामुदायिक वनले उद्यमशिलतातर्फ जोड दिनुपर्ने र उपभोक्ताहरु पनि चासोको साथ सामुदायिक वनलाई जोगाउनु पर्ने बताए । कार्यक्रममा निजगढ १३ का महिला वडा सदस्य फुलमाया स्याङ्तान, निजगढ १३ खानेपानी संस्थाका अध्यक्ष हर्कबहादुर थिङ्ग, भगवती आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयबहादुर स्याङ्तान समाजसेवी टंकबहादुर गोलेलगायत समाजिक, बौद्धिक व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

सामुदायिक वनको वार्षिक साधारण सभामा कार्यसमितिको प्रतिवेदन तथा कार्य प्रगति विवरण र १० बुदे कार्यायोजना अध्यक्ष उमेश घलानले प्रस्तुत गरेको थियो । उक्त प्रस्तावलाई सर्वसम्मत रुपमा पास भएको थियो  । लेखा तथा आर्थिक प्रतिवेदन समुहका कोषाध्यक्ष खुशिलाल थिङ्गले प्रस्तुत गरेका थिए ।
वन उपभोक्ता समूहका सहसचिव सन्तबहादुर आले मगरले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई संचालन भने समुहका कोषाध्यक्ष खुशिलाल थिङ्गले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित