धनुषा । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका विन्धीमा आईतवार दिउसो स्कूल बसले ठक्कर दिदा एक महिलाको मृत्यु भएको भएको छ । उक्त घटनामापरी ६ जना घाइते भएका छन् ।
प्रहरीद्वारा प्राप्त खबरका अनुसार जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर २३ विन्धीमा विवाहको लागि मटकोर खन्न पोखरी तर्फ गईरहेका महिलाहरुको भिडमा प्र २–०२–००१ क ०४३१ नम्बरको एंजल्स स्कुलको बसले ठक्कर दिदा स्थानीय ३५ बर्षिया राखी देवी यादवको मृत्यु भएको धनुषा प्रहरीले जनाएका हुन् ।
जनकपुर जलेश्वर सडक खण्ड अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकाको विन्धीमा बेकाबु स्कुल बसको ठक्करबाट स्थानीय पशुपति देवी यादव, अम्बिका झा, भुवनेश्वरी झा, ममता देवी, बलकिया देवी र बालक सोनु कुमार साह घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भईरहेको भइरहेको छ भने ठक्कर दिने बसका चालक र बसलाई नियन्त्रणमा राखेर आवश्यक कारवाही भईरहेको तथा मृतक महिलाको शव प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको प्रहरीले जनाएको छ ।






















Discussion about this post