बकैया गाउँपालिका-२ स्वस्थ्य चौकिमा अवश्यक पर्ने सामग्री नहुदा स्वस्थ्य क्षेत्रमा दिने सेवामा समस्य

389
SHARES
512
VIEWS

बसन्त लामा/सिंगौल । मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर २ स्थित धियाँल स्वास्थ्य चौकीमा अवश्यक सामग्री नहुदा स्वास्थ्य चौकीद्वारा दिनु पर्ने सेवामा समस्या परेको छ ।
स्वास्थ्य चौकीकोमा स्वस्थ्यकोलागी चाहिने खोप र भ्याक्सिन महिनौ राखेर लगाउनु पर्ने भएको हुदा धियाँल स्वास्थ्य चौकीको दुर्गम क्षेत्रमा अवस्थित रहेको छ । सो क्षेत्र दुर्गम भएको हुदा स्वास्थ्य कार्यालयमा रेफ्रीजेनेटर नहुदा सेवाग्राहीलाई समस्या परेको हो ।
धियाँल स्वास्थ्य चौकी स्थापना भएर स्थानीयलाई बर्षौ देखि सेवा दिदै आइरहेको अबस्थामा स्वास्थ कार्यालयमा खानेपानीको फिल्टर प्रिन्टर मेसिन र हाल सम्म पनि संचार ईन्टरनेटको सुविधा भने रहेको छैन ।
स्वास्थ्य कार्यालयमा ईन्टरनेटको सुविधा नहुदा कार्यलयको स्वास्थ्य संग सम्बन्धित अतिजरुरी कागजात समेत गाउँपालिका छतिवनमा आगाडी बढाउन समेत कठिन हुने गरेको बताएको छ ।
गर्मि बढ्दै गैरहेकोले स्वास्थ्य कार्यालयमा सिलिङ् पंखा समेत अभाव झेल्नुपरेको र स्वास्थ्य कार्यालयको कर्मचारी र सेवा ग्राहीलाई समेत असहज हुने गरेको धियाल स्वास्थ्य चौकी को इन्चार्ज डिल्ली कुमार पन्डितले बताए ।
सो स्वास्थ्य चौकीमा एकजना हेल्थ पोष्ट इन्चार्ज सहित ५ जना स्वास्थ्य कर्मचारीले स्थानीयलाई सेवा दिदै आइरहेको छ ।
बकैया गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्ष विस्वराज स्याङतानले भने वडा कार्यालयको स्वास्थ्य कार्यालयमा चाहिने सबै सामाग्रीको उपलब्ध गराउनाको निम्ति आफ्नो वडाबाट गाउँपालिकाको कार्यालय छतिवनलाई सिफारिस गरेको बताएको छ ।
केहि दिन भित्र माने स्वास्थ्य कार्यालयमा क्रमित रुपले अति आवश्यक भएको सामग्री आइपुग्ने वडा अध्यक्ष स्याङतानले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित