बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु

432
SHARES
569
VIEWS

बसन्त लामा/मकवानपुर । मकवानपुरमा बिजुलीको पोल ढलेर लाग्दा आज बिहान एक वडा सदस्यको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बकैया गाउँपालिका वडा नम्वर ७ का वडा सदस्य रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, मंगलबार दिउँसो साढे १ बजेको समयमा आफ्नै घर अगाडी हिडिरहेको अवस्थामा एक्कासी बिजुलीको पोल (करेन्ट नभएको) ढली लाग्न गई उनी गम्भीर घाइते भएका थिए ।
घाइते उनलाई उपचारको लागि हेटौंडास्थित चुरेहिल अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भवन नभएपछि मंगलबार अपराह्न नै चिवतनको मेडिकल कलेज भरतपुरमा लगिएको उनको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उनको शव सोही अस्पतालमा राखिएको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित