बारा । बाराको निजगढ नगरपालिका ७ सहिद चोकमा रहेको रोहित वर्कशपमा ग्यास वेल्डिङ गर्ने क्रममा बम जस्तो देखिने बस्तु पड्किएको छ । सो बस्तु पड्किदा एकको मृत्यु हुनुका साथै तीन गम्भीर सहित ५ घाईते भएका छन । सो बम जस्तो ल्याउने कवाड सञ्चालक दुई जनालाई प्रहरीले पक्राउ हरेका छन ।
वर्कसपमा बम जस्तै देखिने बस्तु विस्फोट वर्कसपका संचालक निजगढ नगरपालिका ९ का रेशम मगरको मृत्यु भएको हो । निजगढ नगरपालिका ९ का रेशम मगरले सचालन गरेको रोहित वर्कसपमा काम गर्दै गरेको अबस्थामा कवाड पसलबाट काटेर तामा निकाल्न बर्कशपमा ल्याएको र काट्ने क्रममा अचानक बिस्फोट हुदा चार गम्भिर घाईते भएका हुन । एक भने सामान्य घाइते भएका छन ।
विस्फोटबाट चार जना गम्भीर घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन साह, भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल र ठेगाना नखुलेको २० वर्षीय रितु रजत रहेका छन । निजगढ नगरपालिका ५ बस्ने ४५ वर्षीय सुर्य बहादुर थापाको अवस्था सामान्य रहेको छ ।
घाइते सबैको निजगढ नगरपालिका ९ स्थित निजगढ सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बिरगन्ज रिफर गरिएको छ । एक जनाको सामुदायिक अस्पताल निजगढमै उपचार भइरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
पक्राउ पर्नेमा कवाडमा काम गर्ने भारत निवासी राज जैसवाल र उनकी श्रीमति शुशिलादेवी जैशवाललाई घटनास्थलबाट भारत भाग्नेक्रममा ३५ किलोमिटर पर कलैयाबाट प्रहरीले पक्राउ गरेको बाराका प्रहरी उपरिक्षक शुरेश काफलेले बताएको छ । काफलेका अनुसार विस्फोट भएको बस्तु हेर्दा बम जस्तै देखिएको र त्यो कहाँबाट आयो र कसरी विस्फोट भयो यसको अनुसन्धान भइरहेको र केही दिनपछि जानकारी गराउने बताएको छ । अनुसन्धानमा घटनास्थलको निरिक्षणमा आएका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले नेपालमा नपाईने र शक्तीशाली बम जस्तो देखिने बस्तुको बारे अनुसन्धान भईरहेको बताए ।
अनुसन्धानमा खटेका एक सुरक्षाकर्मीका अनुसार उक्त बस्तु प्रोजेक्टाईल ईन्टेरियर भएको आशंका गरिएको छ । सो बिस्फोटन भएको बस्तुमा ईन्डियन फिल्ड गन १०५ एच ई प्रोजेक्टाईल रहेको बताईएको छ ।






















Discussion about this post