दिपेन्द्र जयसवाल । बाराको करैयामाई गाउँपालिकामा जारी दोस्रो करैयामाई गोल्डकप फुटबल प्रतियेगिता अन्तर्गत सोमबार भएको खेलमा पशुपति युवा क्लब रौतहटलाई पराजित गर्दै एपी एफ बर्दिवास विजयी भएको छ । एपी एफले पशुपतिलाई ४/० को फराकिलो अन्तरमा पराजित गरेको हो ।
खेलको म्यान अफ द म्याच एपी एफ बर्दिबासका बि.के तामाङ्ग घोषित भएका थिए । गाउँपालिकाको वडा नम्बर ७ मा रहेको जनता माध्यमिक विद्यालय उमजनको खेल मैदानमा श्री जनप्रगती युवा क्लबले सो प्रतियोगिताको आयोजना गरेका थिए । भने करैयामाई गाँउपालिकाको मुख्य सहयोगमा प्रतियोगिता संचालनमा आएको हो । त्यसै मंगलबार हुने चौथौ दिनको खेल सनराईज क्लब उमजन बारा र नवजन जागृति युवा क्लब सिमराबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका सचिव गोपाल चौधरीले जनकारी दिए ।






















Discussion about this post