बारा घेदुङको सातौं अधिवेशन भएको एक वर्षको अवधीमा फर्केर हेर्दा

413
SHARES
544
VIEWS

बारा । नेपाल तामाङ घेदुङ बारा जिल्ला समन्वय समितिको सातौं अधिवेशन भएको एक वर्ष पूरा भएको छ । अधिवेशनको एक वर्षको अवधिमा धेरै उल्लेखिय कार्याहरु गरेको छ । यस वर्ष भने नेपाल तामाङ घेदुङले विशुद्ध तामाङहरु छाता संगठन भएको अनुभुती दिन सफल भएको छ । २०८० साल भित्र बारा घेदुङले तामाङ समुदायलाई नै अपमान पुर्वक दिएको अभिव्यक्ती प्रति आपत्ति जनाउदै अधिभक्त भगवती पण्डे विरुद्धको बारा जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझएको छ। तस्तैगरि जितपुरसिमराको विभिन्न वडाहरु अम्लेखगंज, ताँगियावस्ती, रामनगर, सिमरा, जितपुरलगायतका स्थानहरु अफ्नो भातृ संगठन विस्तार गरेका छन । त्यस्तै निजगढका सिङ्गौल, गैरीगाउँ, अवतारटोल, गुम्बा टोल, गोलघर, भमरा नदिकाट्टा, लाल, रतनपुर, कोलगाउँ, भक्तलालगरि १३ वटै वडाहरुमा आफ्नो वडा संगठन विस्तार गरिसकेको छ भने नेपाल तामङ युवा घेदुङ बारापनि अधिवेशन सकाएको छ । बारा घेदुङले तामाङ जातीको बारेमा विभिन्न बैठक र प्रशिक्षण दिइरहेका छन ।
अध्यक्ष घलानका अनुसार “तामाङ’ जाति देशमा आदिम काल देखि बस्दै आइरहेका मुल जाति वा आफ्नै छुट्टै पहिचान भएका राष्ट्र जातिलाई बुझाउँदछ । त्यसैले तामाङ जातिको एक छुट्टै भाषा, धर्म, लिपि र संस्कृति भएका नेपालका एक प्रमुख जाति वा राष्ट्र हो भन्ने बुझाउछ । तामाङ जाति धार्मिक दृष्टिकोणले मुलरूपमा महायानी बौद्ध धर्म अन्तरति निङमा सम्प्रादयाका अनुयायी हुन । तर आदिम कालमा भने उनीहरू प्रकृति पुजक तथा प्रकृतिको नियमलाई आफ्नो आस्था मान्दथे । सातौं सताब्दीमा तिब्बतका धर्मराजा श्रङचन गोम्पाका पालामा तिब्बतमा बौद्ध धर्मको विस्तार हुनु भन्द अगाडि नै तामाङहरूले बौद्ध धर्म अपनाइसकेका थिए । तामाङ जाति मुलरूपमा काठमाण्डौं उपत्यका लगायत वरिपरिका जिल्लाहरु सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर, सिन्धुली, दोलखा, रामेछाप, रसुवा, नुवाकोट र धादिङमा बाहुल्यातापूर्वक बसोबास गरेको पाइन्छन । तर, बसाई सराइ तथा आप्रवासनको कारण नेपालको सबै जिल्लाहरु र भारतको पश्चिम बंगालको दोर्जेलिङ, कालेबुङ, खर्साङ, आसम, नागाल्यान्ड, मणिपुर, अरुणाचल लगायत भुटानसम्म फैलिएका भेटिएका छन ।
तामाङ जातिले बोलिने भाषालाई तामाङ भाषा भन्दछन । यो चिनी-तिबाती भाषा महापरिवारको भोट बर्मेली परिवारको सदस्य भाषा हो । तामाङ समाजमा निकै प्रचलित शब्द छ ‘ताम्बा’ । ताम अर्थात ‘भाषा’ वा ‘कुरा’ हुन्छ र ‘-बा’को अर्थ ‘व्यक्ति/कर्ता’ हुन्छ तसर्थ ‘ताम्-बा’को शाब्दिक अर्थ ‘भाषा प्रारम्भ गर्ने व्यक्ति पनि भन्ने अर्थ हुन्छ । तामाङ समाजमा ताम्बाको ठूलो महत्त्व र अहम भूमिका रहेको हुन्छ ।” यी र यस्तै संस्कार र सांस्कृतिको बारेमा बुझाउदै आईरहेका छन । नेपाल तामङ घेदुङ बाराले तामाङ बाहुल्याता रहेको सबै वडा र पालिकाहरुमा छुट्टै तामाङ भाषाको पठनपाठन पाठ्यक्रम हुनु पर्ने माग राख्दै आएको छ । त्यस्तैगरि बारा घेदुङले ताम्सालिङ भुमी जागरण अभियान समेत संचालन गर्दै आईरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित