मधेशका १९ सहित देशभरका २३ गाउँपालिकामा गाउँसभा हुन नसक्दा सेवा प्रभावित

385
SHARES
506
VIEWS

बारा । मधेश प्रदेशलगायत देशभरका २३ गाउँपालिकामा जनप्रतिनिधिहरु बीचको आपसी टकरावले गाउँसभा हुन नसक्दा गाउँपालिकाका सेवा प्रभावित भएका छन् । गाउँपालिका अध्यक्षको एकलौटी, सेवा सुविधामा असन्तुष्टि, बजेटमा भागबण्डा नमिल्ने, वडाध्यक्षहरुको असहमति तथा दक्ष कर्मचारीको अभावका कारण ती गाउँपालिकाहरुले नियमित गाउँसभा सञ्चालन गर्न सकेका छैनन् ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मी पाण्डेका अनुसार ४६० गाउँपालिकामध्ये २३ गाउँपालिकाले गाउँसभा गर्न नसकेको तथ्यांक रहेको छ । तीमध्ये मधेश प्रदेशका १९ गाउँपालिकाले गाउँसभा सञ्चालन गर्न असफल भएका छन् । मधेश प्रदेशका पर्सा जिल्लामा ४, बारा जिल्लामा १, सर्लाहीमा २, महोत्तरीमा २, धनुषामा ५, सिरहामा ३, र सप्तरीमा २ गाउँपालिकामा गाउँसभा हुन सकेको छैन । अध्यक्ष पाण्डेले मधेश प्रदेशमा बजेट धेरैजसो गाउँपालिका निमित्त प्रमुखको भरमा सञ्चालन भइरहेको बताइन् । पाण्डेले भने, “गाउँसभा गर्न नसक्नुका कारण बुझ्न पालिकाहरु घुम्यौँ । प्रशासन नबुझ्ने आयुर्वेदका कर्मचारीलाई गाउँपालिकाको जिम्मा लगाइएको छ । कतै बोल्नै नसक्ने वडा सचिवलाई अधिकृतको जिम्मा दिइएको छ । सामान्य समस्या र विवादमा पनि समन्वय नहुँदा गाउँपालिका अलपत्र भएको पाइएको छ । “गाउँपालिका राष्ट्रिय महासंघ स्थानीय तह नेपालका अध्यक्ष पाण्डेले गाउँसभा हुन नसकेका गाउँपालिकामा समन्वय गरिदिन मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई आग्रह गरेकी छन् । उनले शनिबार मुख्यमन्त्री सिंहलाई भेटेर गाउँसभा हुन नसकेका स्थानीय तहमा पहल गरिदिन आग्रह गरिन् । पाण्डेले प्रदेश समन्वय समितिको बैठकलाई नियमित गरी स्थानीय तहमा रहेको विकृति र समस्यालाई समाधान गर्न पनि मुख्यमन्त्रीलाई अनुरोध गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित