एलिना चौहानको व्यहारलाई साउन्ड सिस्टम व्यवसायद्वारा आपत्ति माफी नमागेसम्म सहभागी कार्यक्रममा साउण्ड सिस्टम उपलब्ध नगराउने घोषणा

400
SHARES
526
VIEWS

बारा । नेपालका आधा दर्जन साउण्ड सिस्टम व्यवसायीहरुले गायिका एलिना चौहानले माफी नमागेसम्म उनी सहभागी कुनै पनि कार्यक्रममा साउण्ड सिस्टम उपलब्ध नगराउने घोषणा गरेका छन् ।
जि. के. साउण्ड सिस्टमका गमबहादुर क्षेत्री, एस. के. साउण्ड लाइट एण्ड म्युजिक स्टोर्सका शेरबहादुर गुरुङ, साउण्ड गार्डेनका प्रकाश श्रेष्ठ, मञ्जित साउण्ड सिस्टमका मञ्जित जैसवाल, जोजिजू म्युजिक एण्ड साउण्ड सिस्टम सर्भिसका विनित जोजिजू र एविज साउण्ड सिस्टमका एविज गुरुङले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गतेको हो । गायिका चौहानले पर्वतको कुश्मामा आयोजित मगर महोत्सवमा गत हाप्ता फागुन २० गते आईतवार लाईभ प्रोग्राममै अमर्यादित र अभद्र व्यवहार गरेको भन्दै उक्त साउन्ड सिस्टम व्यवसायहरुले खेद प्रकट गरेका हुन् ।
विज्ञप्तिमा लेखिएको छः त्यही साउण्ड सिस्टम र स्पिकरलाई दोष दिई साउण्ड इन्जिनियरलाई गालीगलौज गर्ने जस्ता अभद्र व्यवहार गायिका एलिना चौहानले गरेको हुँदा हामी सम्पूर्ण साउण्ड कम्पनी, इन्जिनियर र टेक्निसियनहरू निन्दनीय व्यवहारको घोर भत्र्सना एवम् विरोध गर्छौँ ।
विज्ञप्तिको पूर्ण पाठ

प्रेस विज्ञप्ति
बिगत लामो समयदेखि राज्यको सम्पूर्ण नीति नियमभित्र रहेर आफनै देशमा लगानी गरी साउण्ड सिस्टमको व्यवसाय सञ्चालन गरिरहेका हामी व्यवसायीहरू र त्यसमा आवद्ध साउण्ड इन्जिनियर, टेक्निसियनमाथि यही फागुन २० गते आइतबार पर्वतस्थित कुश्मामा आयोजित मगर महोत्सवमा गायिका एलिना चौहानले गरेको अमर्यादित र अभद्र व्यवहारले ध्यानाकर्षण भएको हुँदा खेद व्यक्त गर्दछौँ ।
साउण्ड सिस्टम कम्पनी र कलाकारहरूबिच आपसी परिपूरक सम्बन्ध हुन्छ, हामी स्पिकर र एमप्लिफायरलाई पूजा गर्छौ, यसैको माध्यमबाट कलाकारको कर्णप्रिय आवाज दर्शक÷स्रोता कानसम्म पुग्छ । हामी कलाकारलाई राष्ट्रको गहनाका रूपमा इज्जत गर्नुपर्छ भन्ने मान्यतामा विश्वस्त छौँ । तर त्यही साउण्ड सिस्टम र स्पिकरलाई दोष दिई साउण्ड इन्जिनियरलाई गालीगलौज गर्ने जस्ता अभद्र व्यवहार गायिका एलिना चौहानले गरेको हुँदा हामी सम्पूर्ण साउण्ड कम्पनी, इन्जिनियर र टेक्निसियनहरू निन्दनीय व्यवहारको घोर भत्र्सना एवम् विरोध गर्छौँ ।
चौहानले कुश्मामा सञ्चालित कार्यक्रममा मात्रै होइन यस अघि पनि मञ्चमा थुप्रै पटक साउण्ड सिस्टमलाई सराप्ने र टेक्निसियनलाई गाली बेइज्जती गर्ने हर्कत गरिसकेकी छन् । जुन कार्यक्रममा गए पनि उनले ‘साउण्ड मिलेन’ भन्ने बानी नै परिसकेको छ । आफू चर्चित गायिका बनिसकेको आत्मरति र घमण्डले एलिनालाई नोक्सानी नहोस् भन्नेतर्फ पनि हामी सचेत छौँ ।
अनुशासन र आचार संहिता सबैका लागि हो । कलाकार राष्ट्रका पुँजी र परिवर्तनका लागि चेतनाको चिराग हुन् भन्ने सत्यलाई आत्मसात गर्छौ । यद्यपि कलाकारले पनि आफ्नो इज्जत, प्रतिष्ठा र गरिमालाई कायम राख्न टेक्निसियनसँग सद्भावपूर्ण व्यवहारको आवश्यकता अपरिहार्य छ । ‘नाँच्न नजान्ने अनि आँगन नै टेडो रहेछ’ भनेर खोट लगाउने सनातन संस्कारको धङधङ्गीबाट माथि उठ्नुपर्छ । आफ्नो गायन प्रस्तुति स्वरका कारण फितलो र फिक्का भएपछि आयोजकले तय गरेको ‘साउण्ड सिस्टम’ लाई दोष दिएर प्रस्तुति दिदाँदिदै झन्कने, रिसाउने, धुर्की लाउने, अपशब्द प्रयोग गर्ने र मपाइत्व देखाउने जस्ता क्रियाकलापले हामीलाई व्यवसायी र टेक्निसियनलाई गम्भीर आघात पर्नुका साथै अपमानबोध भएको हुँदा भावी दिनमा यसप्रकारका हर्कत नगर्न गायिका एलिना चौहानलाई सचेत गराउँछौँ ।
निज एलिना चौहानले आफ्नो गल्तीको महसुस गरी माफी नमागेसम्म तल उल्लेखित साउण्ड सिस्टम कम्पनी सञ्चालक, साउण्ड इन्जिनियर, टेक्निसियनहरूले एलिना चौहान उपस्थित भएको कुनै पनि कार्यक्रम र ठाउँमा आगमी दिनमा साउण्ड सिस्टम उपलब्ध नगराउने घोषणाको जानकारी समेत गराउँछौँ । योे प्रकरणमा मुलुकभरिका साउण्ड कम्पनीहरूलाई ऐक्यवद्धता जनाउन अपिल गर्दै सम्पूर्ण सञ्चारमाध्यम र सञ्चारकर्मीज्यूहरूलाई समाचार सम्प्रेषणका लागि हार्दिक अनुरोध गर्दछौँ ।
आपत्ति जनाउने संस्थाहरू: सञ्चालक
१. जि. के. साउण्ड सिस्टम: गमबहादुर क्षेत्री,
२. एस. के. साउण्ड लाइट एण्ड म्युजिक स्टोर्स: शेरबहादुर गुरुङ,
३. साउण्ड गार्डेन: प्रकाश श्रेष्ठ,
४. मञ्जित साउण्ड सिस्टम: मञ्जित जैसवाल ,
५. जोजिजू म्युजिक एण्ड साउण्ड सिस्टम सर्भिस: विनित जोजिजू,
६. एविज साउण्ड सिस्टम: एविज गुरुङ ,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित